एक वर्षमा ३५ सय जना फरार प्रतिवादी पक्राउ, १४ करोड राजस्व संकलन
विराटनगर । कोशी प्रदेश प्रहरीले फैसला कार्यान्वयन अभियान अन्तर्गत गत आर्थिक वर्ष २०८१÷८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न चलाइएको विशेष अभियानमा प्रहरीले यो सफलता हात पारेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट १ हजार ४ सय १६ वर्षभन्दा बढीको कैद सजाय र १४ करोड ७७ लाख रुपैयाँभन्दा बढी जरिवानाबापतको राजस्व संकलन भएको छ ।
प्रहरीले विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसँगको सहकार्यमार्फत फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको जनाएको छ ।
अभियान अन्तर्गत सबैभन्दा बढी मोरङबाट १ हजार १५६, सुनसरीबाट १ हजार २ र झापाबाट ५ सय ३४ जना पक्राउ परेका छन् । त्यसैगरी उदयपुरबाट २ सय ६०, इलामबाट १ सय ४६ तथा अन्य जिल्लाहरूबाट समेत गरी कुल ३ हजार ५१३ जनालाई कानुनी दायरामा ल्याइएको हो ।
प्रहरीले अपराध गरेर कोही पनि उम्कन नसक्ने सन्देश दिँदै समाजमा लुकेर बसेका फरार अपराधीबारे सूचना दिएर सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ । सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने प्रतिबद्धता समेत प्रहरीले व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण