कृष्णपुर नगरपालिकामा छाउगोठ भत्काउने अभियान जारी
सारांश
- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठ भत्काउने अभियान जारी छ।
- महिनावारी हुँदा छाउगोठमा बसेकी महिलाको सर्पदंशबाट मृत्यु भएपछि अभियान सुरु भएको हो।
- वडाध्यक्षका अनुसार हालसम्म १५ वटा छाउगोठ भत्काइसकिएको छ र सचेतना फैलाउने काम भइरहेको छ।
कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ । गत साता महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाईं (आउजी) को सर्पदंशका कारण मृत्यु भएपछि छउगोठ भत्काउन सुरु गरिएको हो ।
वडाको निगाली र दोमिल्लाको श्रीपुर टोलमा रहेका छाउगोठ भत्काउने कार्य हुन थालेको कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले बताए । उनका अनुसार दुवै ठाउँमा गरी हालसम्म १५ वटा छाउगोठ भत्काइएका छन् । छाउगोठ भत्काउनका लागि समिति गठन गरेर परिचालन गरिएको उनले जानकारी दिए ।
समितिले समुदायमा महिनावारीका बारेमा सचेतना फैलाउने काम गरिरहेको वडाध्यक्ष बस्नेतले बताए । स्थानीय स्वतःस्फूर्त रूपमा छाउगोठ भत्काउने अभियनमा संलग्न भइरहेका जनाउँदै उनले छाउगोठ भत्काउन अटेरी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने उल्लेख गरे । पहरीया क्षेत्रमा पनि छाउगोठ भत्काउन सुरु गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण