बर्खास्तीमा परे चार मन्त्री
राजीनामा दिएको भनिएका मन्त्रीहरूलाई बहादुरले गरे ‘बर्खास्त’
शुक्रबार, ०९ साउन २०८२, २१ : ४३
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीहरूलाई पदबाट बर्खास्त गरे।
- बर्खास्त हुनेहरूमा संस्कृति, सहकारी, युवा तथा खेलकुद, र आन्तरिक मामिला मन्त्रीहरू छन्।
- मुख्यमन्त्री लामालाई हटाउने प्रयासस्वरूप मन्त्रीहरूले राजीनामा दिएका थिए।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीहरुलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार साँझ मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री लामाले आफ्नै पार्टीबाट मन्त्री बनेकाहरुलाई पदमुक्त गरेका हुन् । आफूलाई असहयोग गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएको बुझिएको छ ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप मन्त्रीहरुले राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण