आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

नेपाली जनसम्पर्क समिति बेल्जियमको रजत महोत्सव हुँदै

शुक्रबार, ०९ साउन २०८२, २२ : ०१
शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ । नेपाली जनसम्पर्क समितिको स्वर्ण महोत्सव र नेपाली जनसम्पर्क समिति बेल्जियमको रजत महोत्सवको अवसरमा जुलाई २८ मा बेल्जियमको लुवेनमा एक विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास गुरुङले जानकारी दिए । 

महत यसका लागि नेपालबाट प्रस्थान गरिसकेको र एनआरएनए कतारको कार्यक्रम सकेर २६ जुलाईमा बेल्जियम पुग्ने जनसम्पर्क समितिका नेता तथा एनआरएनए प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । 

स्वर्ण र रजत महोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा नेपाली जनसम्पर्क समितिका पूर्व सभापतिहरूलाई सम्मान गरिनेछ भने ओखलढुङ्गाका विद्यालयहरूलाई सहयोग प्रदान गरिने जनाइएको छ। साथै, युरोपभरिका नेपाली जनसम्पर्क समिति प्रतिनिधिहरूसँग समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया तथा छलफल पनि हुने कार्यक्रम रहेको छ ।

कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति बेल्जियमले गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप