इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर
सारांश
- इन्डोनेसियामा गरिबी दर पछिल्लो २० वर्षयताकै न्यून रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
- देशको कुल जनसंख्याको ८.४७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्कले देखाएको छ।
- अमेरिकासँगको व्यापार सम्झौताले इन्डोनेसियाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
जर्काता। इन्डोनेसियाको केन्द्रीय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, हाल देशमा गरिबी दर पछिल्ला दुई दशकमा सबैभन्दा न्यून रहेको जनाइएको छ ।
कार्यालयका अनुसार सन् २०२५ को मार्च महिनासम्म झन्डै दुई करोड ३८ लाख ५० हजार नागरिक गरिबीको रेखामुनि रहेका छन्, जुन देशको कुल जनसंख्याको करिब ८ दशमलव ४७ प्रतिशत हो ।
तथ्याङ्क कार्यालयले प्रतिमहिना ६ लाख नौ हजार १६० इन्डोनेसियाली रुपियाँभन्दा कम आम्दानी भएका व्यक्तिहरूलाई गरिबको श्रेणीमा राख्ने गरेको छ ।
कार्यालयका वरिष्ठ अधिकारी आतेंग हार्तोनोले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने,“हाल देखिएको गरिबी दर विगत बीस वर्षमा सबैभन्दा न्यून हो, जुन हामी सबैका लागि सुखद कुरा हो।”
तर उनले सहर र गाउँबीच अझै पनि उल्लेखनीय आर्थिक अन्तर रहेको र ग्रामीण क्षेत्रमा गरिबीको दर केही बढी देखिएको कुरामा ध्यानाकर्षण गराए।
यसैबिच, विगत हप्तामा इन्डोनेसियाले संयुक्त राज्य अमेरिकासँग गरेको व्यापार सम्झौताले पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । उक्त सम्झौता अनुसार, इन्डोनेसियाबाट अमेरिका पठाइने सामानमा अब १९ प्रतिशत भन्सार शुल्क लाग्नेछ, जुन पहिले भनिएको ३२ प्रतिशतको सम्भावित दरभन्दा कम हो ।
संयुक्त राज्यका तर्फबाट जानकारी दिइएअनुसार, अब करिब सबैजसो अमेरिकी सामानहरू इन्डोनेसियामा भन्सार शुल्कबिना नै आयात गर्न सकिनेछन् ।
इन्डोनेसियाका अर्थसम्बन्धी समन्वय मन्त्री एयरलाङ्गा हार्तार्टोले यसअघि यदि ३२ प्रतिशतको भन्सार दर लागू भएको भए, झन्डै १० लाख नागरिक रोजगारी गुमाउने स्थितिमा पुग्ने थिए र त्यसले गरिबीको दर पुनः बढ्ने सम्भावना रहने भनेका थिए।
उक्त सम्झौता तथा पछिल्लो तथ्याङ्कले इन्डोनेसियाको आर्थिक अवस्थाप्रति आशावादी सङ्केत दिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण