राष्ट्रपति पौडेलद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त
शनिबार, १० साउन २०८२, १३ : ३२
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरे।
- राष्ट्रपतिले स्वर्गीय गुरुङको लोकतन्त्र स्थापना र पुनर्स्थापनामा पुर्याएको योगदानको स्मरण गरे।
- गुरुङको निधन शनिबार बिहान आफ्नै निवासमा भएको थियो, र उनी चितवनमा २०४६ सालको जनआन्दोलनमा सक्रिय थिए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरेका छन् । शनिबार पौडेलले शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामामा पुर्याएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
गुरुङको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । साथै, राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्देलनकाबेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरेका छन् ।
राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका पनि सचिवालयले जनाएको छ । चितवन नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण