सबैका लागि विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्ने अभियानमा छौँ : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पुर्याउन सरकारको भूमिका बढाइने बताए।
- पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्दै, मुख्यमन्त्री आचार्यले उपचार सेवालाई जनताको पहुँचमा पुर्याउने प्रतिबद्धता जनाए।
- अस्पतालमा विशेषज्ञ सेवा विस्तार र नयाँ भवन निर्माणले स्वास्थ्य सेवा सुदृढ बनाउने लक्ष्य राखिएको छ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पुर्याउने गरी सरकारले भूमिका बढाउँदै लगेको बताएका छन् । प्रदेश सरकारले विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्दै प्रत्येक नागरिकका लागि समान पहुँच स्थापना गर्ने उद्देश्यले मातहतका अस्पतालहरूको सेवा, सुविधा र संरचना सुदृढ बनाउँदै लगेको उनले बताए ।
आज पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपचार सेवा जनताको पहुँचमा पुर्याउन सरकार सबै तहबाट सक्रिय रहेको धारणा राखे । प्रदेश सरकार बनेपछि अस्पतालको विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पुर्याइरहेको समेत उनले बताए । उनले अस्पताललाई रिफर गर्ने होइन त्यहीँ उपचार गर्न सक्ने बनाउने लक्ष्यतर्फ सरकार अघि बढेको बताए ।
उनले स्वास्थ्यकर्मीहरूलाई अस्पतालको सेवा प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउन समेत निर्देशन दिए ।मुख्यमन्त्री आचार्य र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले संयुक्त रूपमा पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गरेका हुन् । प्रदेश सरकारको १३ करोड ६६ लाख रुपैयाँ लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको हो ।
हाल अस्पतालमा ५९ जना कर्मचारी दरबन्दी कायम छ । जसमध्ये मेडिकल सुपरिटेन्डेन्ट १, जनरल मेडिसिन २, सर्जरी २, गाइनेकोलोजी (महिला तथा प्रसूति रोग) ३, हाडजोर्नी १, नेत्र (अप्थाल्मोलोजी)१, रेडियोलोजी १, जेरियाट्रिक १, मेडिकल अधिकृत ४ तथा डेन्टल सर्जन २ जना गरी १९ जना चिकित्सक कार्यरत छन् ।
अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, प्रयोगशाला सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया सेवा, निःशुल्क प्रसूति सेवा, दन्त तथा आँखा उपचार, लैङ्गिक हिंसा सम्बन्धी परामर्श तथा उपचार, सुरक्षित गर्भपतन, हाडजोर्नी र फिजियोथेरापी, जनरल फिजिसियन, सिकलसेल एनेमिया परीक्षण र उपचार, रेडियोलोजी सेवा, क्षयरोग स्क्रिनिङ्ग, ज्येष्ठ नागरिक ओपीडी, स्वास्थ्य बिमा कार्यक्रम, पेन ओपीडी तथा मेडिको लिगल र पोस्टमार्टम सेवाहरू सञ्चालनमा छन् ।
सो अस्पतालमा केही दिनअघि पहिलो पटक पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो भने मिर्गौलाको डायलिसिस सेवा सुरु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण