एनआरएनए कतारको अध्यक्षमा पन्थी, कार्यसमितिमा को–को समेटिए ?
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा कृष्ण पन्थी सर्वसम्मत चयन भएका छन्।
- कार्यक्रममा कांग्रेस प्रवक्ता प्रकाश शरण महतले एनआरएनएलाई फुटबाट जोगाएर एकता कायम राख्नुपर्नेमा जोड दिए।
- एनआरएनए कतारको राष्ट्रिय एकता महाधिवेशनमा एमाले, रास्वपा र एकीकृत समाजवादी निकटस्थ एनआरएनएको सहभागिता थिएन।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा कृष्ण पन्थी सर्वसम्मत चयन भएका छन् । कांग्रेस प्रवक्ता प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न ‘एकता महाधिवेशन’बाट उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा रविन मगर, द्वितीय उपाध्यक्षमा सन्तोष पौडेल, तृतीय उपाध्यक्षमा जहागीर आलम, महिला उपाध्यक्षमा टौमाया गुरुङ, युवा उपाध्यक्षमा मेहर सिंह तामाङ निर्वाचित भएका छन् ।
यस्तै महासचिव विवेक पुलामी मगर चयन भएका छन् । यसैगरी सचिवमा बुद्ध पाण्डे, सुजन गुरुङ र अर्जुन संग्रौला चयन हुँदा कोषाध्यक्षमा कविन्द्र कँडेल र सहकोषाध्यक्षमा कान्छा श्रेष्ठ (अजय) चयन भएका छन् ।
यस्तै युवा संयोजकमा कोश राज मल्ल (केशु), महिला संयोजकमा कल्पना पुन मगर र सदस्य १९ जनामा रिता पोखरेल, इन्दिरा शाह, रामचन्द्र गिरी, अमृत विश्वकर्मा, गणेश अधिकारी, राजन चापागाईं, तारा टमाटा, दिल्लीराम भट्टराई, मोहम्मद रफिक रायन, दर्शन सुनार, प्रकाश विक, विश्वनाथ भट्टराई, गोरखा बहादुर चन्द ठकुरी, मोहम्मद अनवारुल हक, शेष मोमताज, प्रकाश थापा, सुशील कुमार सुब्बा, कृष्ण भण्डारी र पुष्कर बहादुर साउँद निर्वाचित भएका छन् । यस्तै लेखा समिति संयोजकमा रामप्रसाद गौतम र लेखा समिति सदस्यमा कमल खत्री र अशोक आले मगर चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी आईसीसी सदस्यमा धनबहादुर बलायर, शेख हनिफ सहिल हानिफ खान, ध्रुवराज अधिकारी, टीकाराम डुम्रे र गोपाल डाँगी चयन भएको निर्वाचन समिति सदस्य सुरेश भट्टले जानकारी दिए । यस्तै नयाँ नेतृत्व चयनका लागि नरेन्द्र भाट निर्वाचन समिति संयोजक दिए भने भट्टसँगै कमाल खान हुसेन, रुद्र शर्मा र महेश मगर सदस्य थिए ।
कार्यक्रममा संयोजक भाटले ऐतिहासिक रूपमा एकता महाधिवेशन सम्पन्न भएको दाबीसहित आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष रमेश भट्टले जिम्मेवारी हस्तान्तरण गरिसकेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस प्रवक्ता प्रकाश शरण महतले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई फुटबाट जोगाएर एकता कायम राख्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय स्तरमा देखिएको विभाजन दुर्भाग्यपूर्ण भएको र त्यसलाई अन्त्य गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।
महतले एनआरएनएको अन्तर्राष्ट्रिय समितिमा देखिएको संकटप्रति लक्षित गर्दै भने, ‘यदि महेश श्रेष्ठको नेतृत्वमा बनेको समितिलाई सबैले स्वीकार गरेको भए एनआरएनए अन्तर्राष्ट्रिय रूपमै एक हुन्थ्यो र विभाजनको अवस्था आउने थिएन।’ उनले कतार एनआरएनएमा विभाजन हुनुपर्ने कुनै कारण नभएको भन्दै यहाँका नेपालीहरू एक भएर अघि बढ्नुपर्नेमा प्रशंसा गरे। ‘माथि जे भए पनि, कतारमा हामी एक छौँ भन्ने भावना महत्त्वपूर्ण छ,’ उनले भने।
महतले महाधिवेशनमा कतारस्थित नेपाली दूतावासको अनुपस्थितिप्रति दुःख व्यक्त गरे। उनले भने, ‘दूतावास नेपाल सरकारको प्रतिनिधि हो, कुनै गुट वा पक्षको होइन। आधिकारिक समितिको कार्यक्रममा सहभागी भएर एकताको लागि प्रेरित गर्नुपर्थ्यो, तर त्यसो नहुनु दुःखद हो।’
उनले विदेशमा रहेका नेपालीहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको उल्लेख गर्दै खाडी मुलुकमा कार्यरत नेपालीहरूको योगदान सबैभन्दा महत्त्वपूर्ण रहेको बताए। उनले विदेशमा रहेका नेपालीका लागि सरकारले थप सोच्नुपर्ने र उनीहरूको सीप र पुँजीलाई नेपालको विकासमा लगाउने वातावरण बनाउनुपर्ने धारणा राखे। उनले गैरआवासीय नेपाली नागरिकता, युवाहरूको विदेश पलायन र नेपालमा लगानीका अवसरबारे पनि आफ्नो धारणा राखेका थिए।
एनआरएनए कतारको राष्ट्रिय एकता महाधिवेशन भनिएपनि एउटा पक्ष भने सहभागी भएन । कार्यक्रममा एमाले, रास्वपा र एकीकृत समाजवादी निकटस्थ एनआरएनएको सहभागिता नरहेको हो । सो पक्षले केन्द्रमा बद्री केसी समूहलाई साथ दिँदै आएको छ । शनिबारको चयन भएको कार्यसमिति केन्द्रमा महेश श्रेष्ठ समूहसँग नजिक छ । यस्तै कार्यक्रममा नेपाली दूतावासको समेत सहभागिता रहेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण