शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

थाइल्यान्ड र कम्बोडियाबिच मन्दिर विवाद : ३३ जनाको मृत्यु, हजारौँ विस्थापित

शनिबार, १० साउन २०८२, १९ : ४१
शनिबार, १० साउन २०८२

सारांश

  • थाइल्याण्ड र कम्बोडियाबीच हजार वर्ष पुराना मन्दिरलाई लिएर भएको संघर्ष जारी छ, जसमा अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ।
  • कम्बोडियाले थाइल्यान्डमाथि जानाजानी आक्रमण गरेको आरोप लगाएको छ भने थाइल्यान्डले सीमामा बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ ।
  • संयुक्त राष्ट्रसंघले दुवै देशलाई संयम अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ, हजारौं मानिस विस्थापित भएका छन्।

नोम पेन्ह । थाइल्यान्ड र कम्बोडियाबिच एक हजार वर्ष पुराना दुई शिव मन्दिरलाई लिएर सुरु भएको संघर्ष तेस्रो दिन पनि जारी छ । यस संघर्षमा अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयले लडाइँमा आफ्ना पक्षका १३ जनाको मृत्यु भएको जनाएको छ । जसमा ८ नागरिक र ५ सैनिकको मृत्यु भएको भनिएको छ । यसबाहेक ७१ जना घाइते भएका छन् । उता, थाइल्यान्डका पनि २० जना मारिएका दाबी गरिएको छ । जसमा १४ नागरिक र ६ सैनिक सामेल छन् । 

कम्बोडियाले थाइल्यान्डमाथि जानाजानी आक्रमण गरेको आरोप लगाउँदै थाई सेनाले आफ्नो सार्वभौमसत्ताको उल्लंघन गरेको बताएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले शनिबार दाबी गरेअनुसार मलेसियाको मध्यस्थतामा जुलाई २४ को राति दुवै देश युद्धविराम गरेका थिए । तर, सम्झौता भएको एक घण्टाभन्दा कम समयमै थाइल्यान्डले आफ्नो अडान परिवर्तन गरी सम्झौताबाट पछि हटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

संयुक्त राष्ट्रसंघद्वारा कूटनीतिक समाधानको आग्रह

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले शुक्रबार न्युयोर्कमा बन्द कोठामा एक आपतकालीन बैठक गर्‍यो । यसमा १५ देशले दुवै पक्षलाई संयम अपनाउन र कूटनीतिक समाधान खोज्न अपिल गरेका थिए । सुरक्षा परिषद्को आपतकालीन बैठकमा कम्बोडियाले युद्ध रोक्न माग गरेको थियो । सोही बैठकमा थाइल्यान्डले कम्बोडियामाथि सीमावर्ती क्षेत्रमा बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको थियो । थाई राजदूतले कम्बोडियाले नै आक्रमण सुरु गरेको बताएक थिए । 

थाइल्यान्डले थप आक्रमणको तयारी गरिरहेको कम्बोडियाको आरोप

कम्बोडियाले युद्ध सुरु भएपछि पहिलो पटक हताहतको संख्या सार्वजनिक गरेको हो । जहाँ ७१ जना घाइते भएका भनिएको । 

सबैभन्दा बढी क्षति ओड्डार मीनचे प्रान्तमा भएको छ । लडाइँका कारण हजारौँ मानिसहरू सुरक्षित स्थानतर्फ पलायन हुन बाध्य भएका छन् । कम्बोडियामा ३५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । ओड्डार मीनचेमा २२ हजार र प्रीह विहियरमा १० हजारभन्दा बढी मानिस विस्थापित भएका समाचारहरूमा जनाइएको छ । 

थाइल्यान्ड रक्षा मन्त्रालयकी प्रवक्ता माली सोचेताले भनिन्, 'थाइल्यान्डले यस्तो परिस्थिति सिर्जना गरिरहेको छ, जसले उसलाई कम्बोडियामाथि थप आक्रमण गर्ने बहाना मिल्नेछ । जस्तै : थाइल्यान्डले कम्बोडियाली सेनाले सीमामा एन्टी-पर्सनल माइन बिछ्याएको दाबी गरिरहेको छ । यो जानाजानी कम्बोडियामाथि आक्रमणको बहाना बनाउनका लागि गरिएको हो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप