खाटको खुट्टा बनाउन राखिएको काठले प्रहार गरी सुर्खेतमा श्रीमानद्वारा श्रीमतीको हत्या
सारांश
- सुर्खेतको वीरेन्द्रनगरमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरे।
- श्रीमानले श्रीमतीको टाउकोमा काठको टुक्राले प्रहार गर्दा घटनास्थलमै मृत्यु भयो।
- प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।
सुर्खेत । यहाँको वीरेन्द्रनगर नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१३ करे खोलाका करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नै ४० वर्षीय श्रीमती रविना ठाडा मगरको हत्या गरेका हुन् ।
प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार, दानसिंहले गएराति करिब १ः४० बजे सुतिरहेकी श्रीमतीको टाउकोमा काठको टुक्राले प्रहार गरेका थिए ।
खाटको खुट्टा बनाउन राखिएको काठले प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयले बिहान करिब २ः३० बजे प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी बिट करेखोलाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरीले श्रीमतीको हत्यामा संलग्न दानसिंहलाई नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको कमान्डमा १० जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दानसिंह मानसिक रोगी भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण