प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गरौँ : सुदन किराती
आइतबार, ११ साउन २०८२, ०९ : २३
सारांश
- सुदन किरातीले पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरोध गरे।
- उनले पार्टीलाई बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियान चलाउनुपर्ने बताए।
- किरातीले सहिदको सपना पूरा गर्न लोभ त्याग्न र चाकडी रोक्न जोड दिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गर्न आवश्यक रहेको बताएका छन् ।
पछिल्लो पार्टी केन्द्रीय समितिको निर्णयको स्प्रीट कार्यान्वयन गर्न भन्दै सामाजिक सञ्जालमार्फत चार बुँदे सर्त अधि सार्दै उनले यस्तो बताएका हुन् ।
पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाउन आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन् ।
सहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुनुपर्ने भन्दै उनले नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण