नगरप्रमुख भट्टराईले कपाल मुण्डन गरी माइतीघरमा सुरु गरे सत्याग्रह
आइतबार, ११ साउन २०८२, ०९ : ३७
सारांश
- खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले संघीय ऐनका कारण स्थानीय कच्चा पदार्थ प्रयोग गर्न नपाएको भन्दै सत्याग्रह सुरु गरेका छन्।
- सत्याग्रह सुरु गर्न सिंहदरबार जाँदा प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडेको थियो।
- अहिले उनी माइतीघर मण्डलामा सत्याग्रह गरिरहेका छन्।
काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् ।
सिंहदरबारको दक्षिण गेट अगाडि केश मुण्डन गर्ने भनी पुगेका उनलाई निषेधित क्षेत्र भनी प्रहरीले नियन्त्रण लिएर माइतीघरमा ल्याइ छाडिदिएको थियो ।

उनी अहिले माइतीघर मण्डला पुगी सत्याग्रह सुरु गरेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण