नाइजेरियालाई महिला अफ्रिका कप अफ नेसन्सको उपाधि
सारांश
- नाइजेरियाले महिला अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ।
- शनिबार राति भएको खेलमा नाइजेरियाले मोरक्कोलाई ३-२ गोलले पराजित गर्यो।
- मोरक्कोले सुरुवाती अग्रता जोगाउन नसक्दा उपाधि गुमायो।
काठमाडौँ । नाइजेरियाले महिला अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा नाइजेरियाले मोरक्कोलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
मोरक्कोस्थित ओलम्पिक डे रबातमा भएको खेलमा सुरुवाती लिएको अग्रता जोगाउन नसक्दा मोरक्कोले उपाधि गुमाउनु परेको हो ।
खेलको १२औँ मिनेटमा मोरक्कोका लागि घिजइन चेबाकले गोल गर्दै टिमलाई अग्रता दिलाइन । खेलको २४औँ मिनेटमा सान मसुडले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् ।
पहिलो हाफमा मोरक्कोले लिएको अग्रता जोगाउन सकेन । नाइजेरियाले दोस्रो हाफमा ३ गोल फर्कायो । खेलको ६४औँ इस्थेर ओकओरान्कोले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याइन् । त्यसपछि खेलको ७१औँ मिनेटमा जामिलुसीले गोल गर्दै टिमलाई बराबरीमा ल्याइन् ।
खेलको ८८औँ मिनेटमा जेनिफर इच्चेगुनीले गोल गर्दै टिमलाई ३–२ गोलको जित दिलाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण