जन्मदिनको लुगामा फिट हुन अत्यधिक डाइटिङ, मृत्युको मुखमा पुगिन् किशोरी
सारांश
- हुनानकी १६ वर्षीया किशोरीले तौल घटाउन तरकारी र रेचकको आहार लिँदा स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना हुनुपर्यो।
- उनले जन्मदिनको पोशाकमा फिट हुनका लागि छिटो तौल घटाउने आहार लिएकी थिइन्, जसले गर्दा शरीरमा पोटासियमको मात्रा कम भई ज्यान जोखिममा पुग्यो।
- समयमै उपचारपछि उनको ज्यान त बच्यो, तर डाक्टरहरूले यस घटनालाई स्वास्थ्यबारे सचेत गराउने चेतावनीको रूपमा लिएका छन्।
हुनान । मध्य चीनको हुनान प्रान्तकी एक १६ वर्षीया किशोरीले छिटो तौल घटाउनका लागि तरकारी र रेचक (laxatives) मात्र खाने आहार अपनाएपछि मृत्युको नजिक पुगेकी छन्।
मेई नाम गरेकी ती चिनियाँ किशोरीले आफ्नो नयाँ जन्मदिनको पोसाकमा फिट हुनका लागि चाँडो तौल घटाउने आहार अपनाइन् जसले उनलाई अस्पताल पुर्यायो।
दुई हप्तासम्म, मेईले थोरै मात्रामा तरकारी र रेचक मात्र खाइन्। पछि उनको हात र खुट्टामा अचानक शक्ति गुमेको थियो । यसले श्वास फेर्न गाह्रो भएपछि उनलाई तुरुन्तै अस्पताल पुर्याइयो।
आपत्कालीन रगत परीक्षणले मेईको रगतमा पोटासियमको मात्रा खतरनाक स्तरमा घटेको देखायो, जसको परिणामस्वरूप गम्भीर हाइपोकालेमिया (hypokalaemia) नामक अवस्था सिर्जना भयो। यदि उपचार नगरिएमा, यो ज्यान जोखिममा पार्ने अवस्थाले श्वासप्रश्वासमा अवरोध र अचानक हृदयाघात गराउन सक्ने चिकित्सकको भनाई छ।
मेईले डाक्टरहरूलाई बताए अनुसार उनले आफ्नो जन्मदिनको पोसाकमा फिट हुन पर्याप्त तौल घटाउने आशामा दुई हप्तादेखि तरकारी र रेचकको आहारमा थिइन्।
१६ वर्षीया मेईको अत्यधिक डाइटिङले उनलाई गम्भीर अवस्थामा पुर्यायो । उनी हृदयाघातको कगारमा पुगिसकेकी थिइन् र बाँच्नका लागि उनलाई १२ घण्टाको आपत्कालीन चिकित्सा प्रक्रिया आवश्यक पर्यो ।
उनी अहिले निको भएर हालै अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । तर डाक्टरहरूले उनको घटनालाई स्वास्थ्यको बारेमा सोचेबिना छिटो तौल घटाउन खोज्ने अन्य व्यक्तिहरूको लागि चेतावनीको रूपमा प्रयोग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण