लुम्लेमा रेकर्ड वर्षा, पोखरामा गर्मीले बसिसक्नु छैन
सारांश
- लुम्लेमा यो वर्ष जेठ र असारमा ४ हजार ५ सय २८ मिलिमिटर वर्षा भएको छ, जुन अघिल्लो वर्षको भन्दा दोब्बर हो।
- पोखरामा भने अघिल्लो वर्षको तुलनामा वर्षा घटेको छ, यो वर्ष ९ सय ९ मिलिमिटर मात्र वर्षा भएको छ।
- मौसमविद्का अनुसार मनसुन बाँकी नै रहेकाले अन्तिम तथ्याङ्कमा फेरबदल आउन सक्ने सम्भावना छ, र पोखरामा गर्मी बढेको छ।
पोखरा । अघिल्लो वर्ष २०८१ को जेठ र असार महिनामा नेपालकै चेरापुञ्जी भनेर चिनिने लुम्लेमा २ हजार १ सय २२ मिलिमिटर पानी पर्यो । यो वर्षको सोही अवधिमा दोब्बरभन्दा बढी वर्षा भएको छ ।
यो जेठ र असारमा मात्रै ४ हजार ५ सय २८ मिलिमिटर वर्षा भएको तथ्याङ्क जल तथा मौसम विज्ञान कार्यालय पोखरासँग छ । तर लुम्लेबाट केही किलोमिटरको दुरीमा रहेको पोखरामा भने आश्चर्यजनक हिसाबले वर्षा घटेको छ ।
अघिल्लो जेठ र असार महिनामा लुम्लेकै हाराहारी अर्थात् २ हजार ९२ मिलिमिटर पानी परेको पोखरामा यसपालिको दुई महिनामा ९ सय ९ मिलिमिटर मात्रै वर्षा भएको छ ।
लुम्लेमा सामान्यतया एक वर्षमा ५ हजार मिलिमिटरभन्दा बढी पानी पर्ने कीर्तिमान मानिन्छ । तर यस वर्ष मनसुनको दुई महिनामै ४ हजार ५ सय २८ मिलिमिटर पानी परिसकेकाले वार्षिक वर्षाको पुरानो कीर्तिमान तोडिन सक्ने अनुमान छ ।
यो वर्ष लुम्लेमा जुलाई २० मा एकैदिन सबैभन्दा बढी २ सय १५ मिलिमिटर वर्षा भयो भने पोखरामा जुन ११ मा १ सय ५७ मिलिमिटर वर्षा भएको थियो । विगतका तथ्याङ्क हेर्दा पोखरामा सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय ७९ मिलिमिटर वार्षिक वर्षा भएको थियो भने सन् २००१ अगस्ट १८ मा एकैदिन ३ सय ५७ मिलिमिटर वर्षाको कीर्तिमान छ ।
जल तथा मौसम विज्ञान कार्यालयकी मौसमविद् मञ्जु बासीका अनुसार जुन र जुलाई महिनाको तथ्याङ्क हेर्दा लुम्ले र पोखराको वर्षामा ठुलो अन्तर देखिएको हो । यद्यपि, मनसुन अझै बाँकी रहेकाले अन्तिम तथ्याङ्कमा फेरबदल हुन सक्ने उनले बताइन् ।
पोखरामा पानी कम पर्दा गर्मी अत्यधिक बढेको छ । गत बिहीबार यस वर्षकै सबैभन्दा बढी ३४.५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । सामान्यतः पोखरामा वर्षा भएपछि गर्मी घट्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण