‘जनै हराएको मान्छे’ को गीत ‘मसुरीको दाना’ मा विजय, केकी र मिरुनाको ठुम्का
सारांश
- फिल्म 'जनै हराएको मान्छे : सम्बन्धका धागाहरू' को गीत 'मसुरीको दाना' सार्वजनिक भयो।
- गीतमा अन्जु पन्त र एसडी योगीको स्वर रहेको छ भने भिडियोमा विजय बराल, केकी अधिकारी लगायतका कलाकार छन्।
- भानुभक्त ढकालको कथामा बनेको फिल्मलाई कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्।
काठमाडौँ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को गीत ‘मसुरीको दाना’ सार्वजनिक गरिएको छ । गीतमा अन्जु पन्त र एसडी योगीको स्वर, हर्क साउदको शब्द र एसडी योगीकै सङ्गीत छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी लगायत फिचर्ड छन् । प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन् । दुनियाँको मन जित्ने व्यक्तिहरू आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुङ्गो नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।
टिपिकल शब्दहरू प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमिका लागि योग्य रहेको बताएको छ । प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसङ्ग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगीसँगै जिउन गरेको सल्लाह गीतमा छ ।
थुप्रै कोरस प्रयोग गरिएको गीतमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको फिल्मलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि शिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण