पशुपतिनाथको दर्शनपछि चंकीले भने, ‘धेरै भाग्यमानी महसुस भयो’
आइतबार, ११ साउन २०८२, २२ : ५४
सारांश
- बलिउड अभिनेता चंकी पाण्डे हाल नेपालमा छन्, उनले पशुपतिनाथ मन्दिरको दर्शन गरे।
- उनले श्रावण महिनामा पशुपतिनाथको दर्शन गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए।
- ६२ वर्षीय अभिनेताको नयाँ चलचित्र सन अफ सरदार २ शुक्रबार रिलिज हुँदैछ।
काठमाडौँ । बलिउड अभिनेता चंकी पाण्डे हाल नेपालमा रहेका छन् । नेपालमा उनले पशुपति नाथ मन्दिरको दर्शन गरेको तस्बिर सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो ।’
६२ वर्षीय अभिनेताको आगामी चलचित्र सन अफ सरदार २ यही शुक्रबार रिलिज हुँदैछ । उनी चलचित्रमा दानिशको भूमिकामा देखिँदै छन् । यसअघि उनी चलचित्र हाउसफुल ५ मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण