बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत र इङ्ल्यान्डबिचको शृङ्खलाको पाँचौँ खेल निर्णायक

सोमबार, १२ साउन २०८२, ०६ : १६
सोमबार, १२ साउन २०८२

सारांश

  • भारत र इङ्ल्यान्ड बीचको टेस्ट शृङ्खलाको अन्तिम खेल निर्णायक हुनेछ किनभने चौथो खेल बराबरीमा सकियो।
  • चौथो खेलमा भारतले राम्रो प्रदर्शन गर्दै खेल बराबरीमा ल्यायो, जसमा शुभमन गिल, रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले शतक बनाए।
  • गिलले एकै शृङ्खलामा सर्वाधिक शतक बनाउने कप्तानको कीर्तिमान बराबरी गरे भने जडेजाले इङ्ल्यान्डमा १००० रन पूरा गरे।

म्यानचेस्टर । भारतीय क्रिकेट टोली र इङ्ल्यान्डको क्रिकेट टोलीबिचको पाँच खेलको टेस्ट शृङ्खलाको नतिजा अन्तिम खेलमा निर्भर हुने भएको छ । 

आइतबार भएको चौथो खेलको पाँचौँ दिनमा दुई टोलीले बराबरी खेलेपछि शृङ्खला रोमाञ्चक अवस्थामा पुगेको हो । 

सिरिजमा इङ्ल्यान्ड २–१ सिरिजले अघि छ । शृङ्खलाको पाँचौँ तथा अन्तिम टेस्ट जुलाई ३१ देखि लन्डनको ओभल स्टेडियममा खेलिनेछ। यदि इंग्ल्याण्डले त्यहाँ बराबरीमा वा जित्यो भने टोलीले शृङ्खला जित्नेछ । यदि भारतले जित्यो भने, टोलीले इंग्ल्याण्डमा लगातार दोस्रो टेस्ट शृङ्खला बराबरी गर्नेछ।

भारतमाथि इङ्ल्यान्डलले पहिलो खेलमा ५ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा भारतले कम्ब्याक गर्दै ३३६ रनको जित्यो । तेस्रो खेलमा भने इङ्ल्यान्ड २२ रनले विजयी बन्यो । 

सिरिजको चौथो खेल आइतबार बराबरीमा टुङ्गिएको थियो । भारतले दोस्रो इनिङ्समा १४३ ओभर ब्याटिङ गर्दै इंग्ल्याण्डविरुद्धको म्यानचेस्टर टेस्टलाई हारबाट बराबरीमा परिणत गर्न सफल भयो। 

टोलीका लागि दोस्रो इनिङ्समा शुभमन गिल, रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले शतक बनाए। केएल राहुलले ९० रनको इनिङ्स खेले। 

कप्तान गिलले यस शृङ्खलामा आफ्नो चौथो शतक बनाउँदै एक शृङ्खलामा सबैभन्दा धेरै शतक बनाउने कप्तानहरूको सूचीमा सर डन ब्राडम्यान र सुनिल गावस्करको ४-४ शतकको रेकर्ड बराबरी गरेका छन्।

गिल कप्तानको रूपमा डेब्यू शृङ्खलामा ४ शतक बनाउने पहिलो खेलाडी बनेका छन्। उनीभन्दा पहिले वारविक आर्मस्ट्रङ, डन ब्राडम्यान, ग्रेग च्यापेल, विराट कोहली र स्टिभ स्मिथले कप्तानको रूपमा आफ्नो पहिलो टेस्ट शृङ्खलामा ३-३ शतक बनाएका थिए।

यता जडेजाले इंग्ल्याण्डमा १००० रन पूरा गरेका छन्। यति मात्र होइन, उनले ३४ विकेट पनि लिएका छन्। जडेजा विदेशी पिचमा यस्तो गर्ने तेस्रो खेलाडी हुन्। उनीभन्दा पहिले इंग्ल्याण्डका बिल फोर्ड रोड्स र वेस्ट इन्डिजका ग्यारी सोवर्सले यो उपलब्धि हासिल गरिसकेका छन्।

ओल्ड ट्राफोर्डमा भएको पहिलो इनिङ्समा भारतले ३ सय ५८ रन बनाएको थियो । भारतका लागि साई सुदर्शनले ६१, यशस्वी जयस्वालले ५८ र ऋषभ पन्तले ५४ रन बनाए। स्टोक्सले ५ विकेट र जोफ्रा आर्चरले ३ विकेट लिए। 

इंग्ल्याण्डले जवाफमा ६ सय ६९ रन बनाएको थियो। इङ्ग्ल्याण्डका लागि जो रुटले १५०, बेन स्टोक्सले १४१, बेन डकेटले ९४, ज्याक क्राउलीले ८४ र ओली पोपले ७१ रन बनाए। 

दोस्रो इनिङ्समा भारतले ४ विकेटको क्षतिमा ४२५ रन बनाएपछि र खेल बराबरीमा सकियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप