अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्: कानुनअनुसार काम गरे सकिन्छ
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ।
- सचिव नारायण शर्मा दुवाडीले कानुनअनुसार काम गर्दा बेरुजु नआएको बताए।
- उनका अनुसार व्यवस्थित लेखा प्रणाली नहुनु र कर्मचारी परिवर्तनले फर्छ्यौटमा समस्या पारेको हो।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ । प्रत्येक वर्ष ठुलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो ।
सोमबार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहिलेसम्म बेरुजु कुनै पनि नरहेको जानकारी दिए । सचिव दुवाडीले भने, ‘कानुनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो । इमानदारीपूर्वक कानुनको परिपालना गरौँ । बेरुजु रहन्न । निकायहरूमा अहिले धेरै बेरुजु देखिने गरेको छ । सबै बेरुजु भ्रष्टाचार नभए पनि बेरुजु एक भ्रष्टाचारको सुरुआत हो । कतिपय बेरुजु भ्रष्टाचारमा परिणत भएका छन् । अख्तियार समेत आकर्षित हुने गरेको छ ।’
उनका अनुसार बेरुजु फर्छ्यौट गर्न कानुनको परिपालना गर्नैपर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो । कमजोर कारबाही प्रणाली, बेरुजु फर्छ्यौट गर्ने दायित्व कसको हो भन्नेबारे दुविधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फर्छ्यौटमा समस्या पारेको उनको भनाई छ ।
सचिव दुवाडीले औचित्य पुष्टि नहुने गरी अनेक शीर्षकमा बजेटमा राखिने भएकाले पनि बेरुजु बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण