नेपाल प्रहरीद्वारा अधिक भारवाहन गर्ने ट्रकमाथि कडाइ गर्ने निर्देशन
सारांश
- नेपाल प्रहरीले काठमाडौँ उपत्यका र प्रदेश प्रहरी कार्यालयहरूलाई मालवाहक सवारीमा कडाई गर्न निर्देशन दिएको छ।
- अधिक भार बोकेका ट्रकलाई जरिवाना मात्र नगरी सामान अनलोड गरी अर्को सवारीमा सार्न लगाइनेछ।
- नियम उल्लङ्घन गर्ने सवारीलाई यातायात कार्यालयमा पठाएर थप कारबाही गरिनेछ।
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले मालवाहक सवारी साधनमा अधिकतम भारभन्दा बढी सामान बोकेर सञ्चालनमा आएका ट्रक तथा अन्य सवारीमाथि कडाइ गर्न काठमाडौँ उपत्यका र प्रदेश प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले आइतबार जारी गरेको परिपत्रमा ‘मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धी निर्देशिका, २०७४ (संशोधन सहित)’ पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको छ।
परिपत्रमा उल्लेख गरिएअनुसार अबदेखि अधिक भार बोकेका ट्रकहरूलाई जरिवाना गरेर मात्र छोड्ने होइन, तोकिएकोभन्दा बढी सामान त्यहीँ अनलोड गरी अर्को सवारीमा सार्न बाध्य पारिनेछ।
एक पटकभन्दा बढी ओभरलोड गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीलाई यातायात कार्यालयमा चलान गरी थप कारबाही प्रक्रिया अघि बढाउने पनि निर्देशनमा स्पष्ट उल्लेख छ।
नियम कार्यान्वयनको अवस्था नियमित रूपमा अनुगमन गर्न र उल्लङ्घन गर्ने प्रहरी कर्मचारीहरूलाई समेत कारबाही गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ।
महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा आइतबार गएको प्रतिनिधिमण्डलले प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई ज्ञापनपत्र बुझाउँदै ट्राफिक प्रहरीले जाँच गरे पनि न्यून जरिवानाका कारण समस्या समाधान नभएको गुनासो राखेको थियो।
महासंघले ओभरलोड गर्ने ट्रकहरूलाई यातायात कार्यालयमा चलान गर्न वा निर्देशन अनुसार सामान अनलोड गराई भार सन्तुलन मिलाउने व्यवस्था गर्न आग्रह गरेको थियो। सोही आधारमा नेपाल प्रहरीद्वारा अधिक भारवाहन गर्ने ट्रकमाथि कडाइ गर्ने निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण