यी हुन् गोलन्जोरका बेपत्ता १६ जना (सूचीसहित)
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पा भण्डास विप्पर कट्टेरी बस्ने उर्मिला हायूसहित बेपत्ता १६ जनाको नामावली सार्वजनिक भएको छ ।
गाउँपालिकाले सोमबार बेपत्ता हायू परिवारको नामावली सार्वजनिक गरेको हो ।
बेपत्ता हुनेहरुमा उर्मिला हायू,(घरमुली आमा)कमला हायू(जेठी छोरी),कोमल माया हायू(माइली बुहारी)उषा हायू(छोरी),सुजता हायू(छोरी),अस्मिता हायू(छोरी),राजु हायू(जेठा छोरा)हिमाल हायू(माइला छोरा),लाल बहादुर हायू(साइला छोरा) रहेका छन् ।
त्यस्तै वेग बहादुर हायू(छोरा),लक्ष्मण हायू(छोरा),सुवर्ण हायू(छोरा),ओम कुमारी हायू(छोरी)अर्जुन हायू(नाती)रियासा हायू(नातिनी)शान्ता हायू(छोरी) रहेका छन् । गत मंगलबार सामाजिक सुरक्षा भत्ता हिमालयन बैंक खुर्कोट शाखाबाट झिकिएको र शुक्रबार वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण