गोलन्जोरबाट हराएको परिवार खोज्न रामेछापको हायु बस्तीमा पनि प्रहरी परिचालन
सारांश
- सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट हराएका १६ जनाको परिवार खोज्न रामेछापमा पनि प्रहरी परिचालन गरिएको छ।
- हराएका व्यक्तिहरू हायु समुदायका हुन् र उनीहरूले भत्ता बुझेपछि सुँगुरको मासु खाएका थिए।
- सम्पर्कविहीनहरुको मोबाइल लोकेसन रामेछापमा देखिएको छ, र प्रहरीले खोजी कार्य जारी राखेको छ।
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर–६ बाट हराएका १६ जनाको परिवार खोज्न रामेछापमा पनि प्रहरी परिचालन गरिएको छ । शुक्रवारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कविहीन भएका हुन् ।
रामेछापतर्फ गएको आशङ्कामा रामेछाप नगरपालिकास्थित हायु बस्तीमा प्रहरी परिचालन गरिएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताए । उनले भने– ‘रामेछाप तर्फ आएको हुनसक्ने आशङ्कामा खोजी कार्य भइरहेको छ ।’
बिहीबार (८ साउन) मा साउन ८ मा बिहीबार स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित १६ जनाले ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए । भत्ता बुझेपछि उनीहरूले घरमै सुँगुरको मासु खाएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए ।
गोलन्जोर क्षेत्रमा विपद्को घटना पनि नभएको र उनीहरू समूहमा नै हिँडेको आकलन गरिएको छ । सम्पर्कविहीन हुनेहरूको मोबाइलको लोकेसन रामेछापको टावरमा देखिएको छ । तर, गोलन्जोर भन्दा पारिपट्टि पर्ने सो टावरले गोलन्जोरमा पनि फोन सम्पर्क हुने खोजमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण