पर्साका एसपी मिश्र प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित, ल्याए ९० अंक
सारांश
- पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्र मधेस प्रदेशमा सर्वोत्कृष्ट घोषित भएका छन्।
- पर्सा प्रहरीले गत आर्थिक वर्षमा चोरी, तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, र लागुऔषध नियन्त्रणमा उत्कृष्ट कार्य गरेको छ।
- प्रहरी उपरीक्षक मिश्रको नेतृत्वमा पर्सा प्रहरीले विभिन्न पर्वहरूमा शान्ति सुरक्षा कायम राख्दै भौतिक संरचनाको सुधार गरेको छ।
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र सर्वोत्कृष्ट घोषित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयले प्रदेशका आठवटै जिल्लामध्ये पर्सा प्रहरी कार्यालयका प्रमुख मिश्रलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।
८ वटै जिल्ला प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्यांकन समीक्षा समारोहमार्फत पर्सा प्रहरी कार्यालय उत्कृष्ट घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा ८ वटै जिल्ला प्रहरी कार्यालयका मूल्यांकलन गरिएको थियो । ४० वटा बुँदामा केन्द्रित भएर गरिएको मूल्याकंनमा पर्सा प्रहरीको नेतृत्वसक्षम देखिएकोले सर्वोत्कृष्ट घोषित गरिएको डीआईजी चतुर्वेदी बताउँछन् ।
पर्सादेखि धनुषासम्म ८ वटा जिल्लामध्ये पर्सा प्रहरीले ९० दशमलव १९ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
के–के छन एक वर्षे प्रगतिमा ?
पर्सा प्रहरीले गतचोरी तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ र मानव बेचबिखन ओसारपसारजस्ता विषयमा अभियान नै चलाएर उत्कृष्ट कार्य गरेको प्रदेश प्रहरीको मूल्याकंन छ । प्रहरी प्रमुख मिश्रको कमान्डमा प्रहरीले विभिन्न मितिमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी तस्करी र भन्सार छलीका सामान नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।
यसैगरी फरार प्रतिवादी पक्राउमा पनि पर्सा प्रहरीले उल्लेख्य सफलता मिलेको भनिएको छ । विभिन्न अदालतबाट फैसला भई फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादीलाई पक्राउ गरिएको छ । यसबाट फैसला कार्यान्वयनतर्फ ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख १२ हजार ९ सय ५६ रुपैयाँ जरिवाना असुल उपर भएको प्रदेश प्रहरीको कार्यसम्पादन मूल्यांकमा भनिएको छ ।
लागुऔषध नियन्त्रणमा पनि पर्सा प्रहरीले कीर्तिमानी काम गरेको आँकडा छ । गत आर्थिक वर्षमा ठुलो परिमाणमा ३१९ किलो चरेससहित ट्रक र अभियुक्त पक्राउ परेका छन् भने कुल ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिम लगायतका विभिन्न लागुऔषधसहित १५३ जना कारोबारी पक्राउ परेका छन् ।
मानव बेचबिखनविरुद्ध पनि जिल्ला प्रहरी कार्यालयले कडा रूपमा प्रस्तुत भई १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कारबाही गरेको छ । कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा संलग्न प्रतिवादी पक्राउ तथा सफल अनुसन्धानमा पनि पर्सा प्रहरी अब्बल देखिएको छ ।
प्रहरी उपरीक्षक मिश्रले कार्यालयको भौतिक संरचनालाई व्यवस्थित र सौन्दर्यकरण गरी प्रहरीको मनोबल उच्च राख्न विभिन्न गतिविधि सञ्चालन गरेको प्रदेश प्रहरीको मूल्यांकन छ ।
साथै हनुमान जयन्ती, गहवामाई रथ यात्रा तथा मुस्लिम समुदायका मोहरम जस्ता पर्वहरूमा योजनाबद्ध प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै खलबल आउन नदिई सफलतापूर्वक कमान्डिङ गरेको भन्दै सोमबार प्रदेश प्रहरी कार्यालयले उनलाई सार्वेत्कृष्ट प्रहरी घोषित गरेको हो ।
आर्थिक वर्ष २०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन मूल्यांकमा पर्सा प्रहरी पहिलोपटक सर्वोत्कृष्ट घोषित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण