सर्लाहीमा स्कुल बसले किच्दा ५ वर्षीया बालिकाको मृत्यु, चालक फरार
सारांश
- सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विद्यालयको बसले किच्दा एक बालिकाको मृत्यु भएको छ।
- सोमबार विद्यालय छुट्टीपछि घर फर्किने क्रममा ५ वर्षीया आशिका महतोलाई बसले किचेको थियो।
- दुर्घटनापछि बस चालक फरार छन् भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विद्यालयको बसले किच्दा एक बालिकाको मृत्यु भएको छ ।
सोमबार अपराह्न विद्यालय छुट्टीपछि घर फर्कने क्रममा बसबाट ओर्लिएकी ५ वर्षीया आशिका महतोलाई सोही बसको पछाडिको चक्काले किचेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको मप्र ०३–००१ क २५४२ नम्बरको बसले विद्यार्थीहरूलाई घर छाड्ने क्रममा यो घटना भएको हो ।
ब्रह्मपुरी गाउँपालिका–७ मोहनगञ्जमा बसबाट ओर्लने क्रममा सोही विद्यालयमा अध्ययनरत स्थानीय रमेश महतोकी छोरी आशिकालाई बसको पछाडिको चक्काले किचेको थियो ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेकी बालिकालाई तत्काल उपचारका लागि बयलबासस्थित जीवन नारायण अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई साँझ ४ः४० बजे मृत घोषणा गरेको थियो ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ। घटनालगत्तै बस चालक भने फरार भएका छन् । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट दुर्घटनाग्रस्त बसलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । घटनाको अनुसन्धानका लागि नोकेल्वा, भक्तिपुर र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण