पहलगाम आक्रमणका मास्टरमाइन्ड हाशिम मुसासहित ३ आतंककारी मारिए
श्रीनगर । भारतीय सेनाले सोमबार ‘अपरेसन महादेव’ अन्तर्गत श्रीनगरको लिडवास क्षेत्रमा लुकेका तीन पाकिस्तानी आतंककारीलाई मारेको बताएको छ। सेनाको चिनार कोर्प्सले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएको हो ।
मारिनेमा पहलगाम आक्रमणका मुख्य आरोपी हाशिम मुसा पनि छन् । समाचार एजेन्सी पीटीआईका अनुसार सेनाका अधिकारीहरूले मारिएका आतंककारी हाशिम मुसा भएको पुष्टि गरेका छन् ।
सेनाका प्रवक्ताले अन्य आतंककारीहरूको पहिचान गर्ने प्रयास भइरहेको बताए । यद्यपि, बाँकी दुई आतंककारीमध्ये एक २०२४ को सोनमर्ग सुरुङ परियोजनामा भएको आक्रमणमा संलग्न रहेको बताइएको छ।
आतंककारीहरूबाट अमेरिकी एमफोर कार्बाइन, एके-४७, १७ राइफल र ग्रेनेडहरू बरामद गरिएको छ । केही अन्य शंकास्पद वस्तुहरू पनि बरामद गरिएको छ ।
सेनाका अनुसार बिहान ११ बजे गोप्य सूचना प्राप्त भएपछि लिडवासमा खोजी अभियान सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण