अस्ट्रेलियाद्वारा पहिलो पटक टी–२० शृङ्खला ५–० ले क्लिन स्विप
सारांश
- अस्ट्रेलियाले वेस्ट इन्डिजलाई टी-२० शृङ्खलाको अन्तिम खेलमा ३ विकेटले पराजित गर्यो।
- अस्ट्रेलियाले शृङ्खला ५-० ले जितेर क्लिन स्विप गर्यो, यो उसको पहिलो अवसर हो।
- वेस्ट इन्डिजका लागि सिमरन हेटमायरले ५२ रन बनाए भने अस्ट्रेलियाका लागि मिचेल ओवेनले ३७ रनको योगदान दिए।
काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा अस्ट्रेलिया ३ विकेटले विजयी बनेको छ । अस्ट्रेलियाले कुनै पनि टी–२० शृङ्खला ५–० ले क्लिन स्विप गरेको यो पहिलो अवसर हो भने वेस्ट इन्डिजले पनि यस्तो हार बेहोरेको पहिलो पटक नै हो ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १८ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । शृङ्खला भर उत्कृष्ट प्रदर्शन गरेको अस्ट्रेलियाको मिडल अर्डरले यस खेलमा पनि त्यसलाई जारी राख्यो ।
टोलीका लागि मिचेल ओवेनले १७ बलमा ३७ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, क्यामरुन ग्रिनले १८ बलमा ५ चौकाको मद्दतले ३२ रन जोडे ।
टिम डेभिडले १२ मा ३० रन तथा एरोन हार्डीले २५ बलमा २८ रन जोड्दै टोलीलाई जितसम्म डोर्याए । वेस्ट इन्डिजका लागि अकिल होसेनले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदै अस्ट्रेलियालाई केही समय दबाबमा राखेका थिए । जेसन होल्डर र अल्जारी जोसेफले २–२ विकेट लिए ।
यसअघि, सिमरन हेटमायरको अर्धशतकीय इनिङ्सको मद्दतले वेस्ट इन्डिजले १९.४ ओभरमा अलआउट हुँदै १७० रन जोडेको थियो । हेटमायरले ३१ बलमा ३ चौका र ३ छक्का हिर्काउँदै ५२ रन जोडे ।
उनलाई सेरफाने रुथरफोर्डले १७ बलमा ३५ रन जोड्दै राम्रो साथ दिए । जेसन होल्डरले २० तथा म्याथ्यु फोर्डेले १५ रन बनाए ।
अस्ट्रेलियाका लागि बेन ड्वार्सियसले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । नाथन एलिसले २ तथा एरन हार्डी, सन एबट, ग्लेन म्याक्सवेल र एडम जाम्पाले १–१ विकेट हात पारे ।
अस्ट्रेलियाले पहिलो टी–२० खेल ३ विकेटले जितेको थियो । दोस्रो खेलमा टोली ८ विकेटले विजयी बन्यो भने तेस्रो खेल ६ विकेट जित्यो । चौथो खेलमा टोलीले ३ विकेटको जित हात पारेको थियो ।
यसअघि, टेस्ट शृङ्खला पनि अस्ट्रेलियाले ३–० ले ह्वाइट वास गर्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण