कांग्रेसको बागमती संसदीय दल विवाद : दुवै पक्ष सांसद तानातानमा
सारांश
- बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको विवाद पेचिलो बनेको छ।
- मुख्यमन्त्री र अविश्वास प्रस्तावका पक्षधरहरू बहुमत जुटाउन कसरत गरिरहेका छन्।
- दुवै पक्षले सांसदहरूलाई होटलमा राखेका छन् र हस्ताक्षर फिर्ता लिने तथा नयाँ समर्थन जुटाउने प्रयास भइरहेको छ।
हेटौँडा । नेपाली कांग्रेसको बागमती संसदीय दलको विवाद पेचिलो बन्दै गएको छ । विवाद छिनोफानो गर्नका लागि मंगलबार बिहान १० बजे संसदीय दलको बैठक राख्ने भनिए पनि बैठक सुरु हुन सकेको छैन ।
संसदीय दलको कार्यालयमा सांसदहरू भेला भए पनि बैठक सुरु हुन नसकेको हो । संसदीय दलको बैठक अघि मुख्यमन्त्री बहादुर सिंह लामा र उनीविरुद्ध अविश्वास प्रस्ताव अघि सारेका कांग्रेस प्रदेश अध्यक्ष इन्द्र बानियाँ आ–आफ्नो पक्षमा बहुमत सांसद जुटाउन अन्तिम कसरत गरिरहेका छन् ।
स्रोतका अनुसार बानियाँले सोमबारदेखि नै आफ्नो पक्षका सांसदलाई हेटौँडास्थित एक होटलमा राखेका छन् । बानियाँको पक्षमा कुल २४ सांसद रहेको बताइएको छ । मुख्यमन्त्री लामाले पनि आफ्ना पक्षका सांसदलाई सोमबारदेखि नै होटलमै राखेका छन् ।
मंगलबार बिहान बानियाँ पक्षका भनिएका दुई जनाले संसदीय दलको नेताविरुद्ध आफूले गरेको हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका थिए । २१ जना प्रदेश सभा सदस्यको समर्थन जुटाएका भनिएका बानियाँ यी दुई जना फिर्ता भएपछि १९ सांसदमा सीमित भएका थिए ।
यद्यपि, मंगलबार नै मुख्यमन्त्री लामा पक्षका अन्य तीन जनालाई बानियाँ पक्षले आफ्नो पक्षमा लगेको स्रोतले जनाएको छ ।
‘दुवैतिरबाट आकर्षक प्रस्ताव आएको छ,’ कांग्रेसका एक जना बागमती प्रदेश सभा सदस्यले भने, ‘तर मुख्य कुरा लोकतान्त्रिक विधि र थितिको कुरा हो । अरूले के गर्छन् भन्ने मलाई थाहा छैन, तर मचाहिँ लोकतन्त्रमा विश्वास गर्छु ।’
केही अघि मुख्यमन्त्री लामाको साथ छाड्दै मन्त्री पदबाट राजीनामा दिएका सुरजचन्द्र लामिछानेले आफू होटलमा बसेको प्रस्ट पारे । ‘हो त, म होटलमा बसेको छु,’ उनले भने, ‘मन्त्री पदबाट राजीनामा दिएपछि क्वाटर छाडिसकेँ । यहाँ मेरो अन्त बस्ने ठाउँ छैन । होटलमै बस्नु त पर्यो नि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण