बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सीसँग सम्भावित बैठकलाई ट्रम्पले नकारे, चीन चाँहि जान सक्ने

मङ्गलबार, १३ साउन २०८२, ११ : २९
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ता अस्वीकार गरेका छन्।
  • ट्रम्पले सामाजिक सञ्जालमा आफूले सी जिनपिङलाई भेट्ने प्रयास नगरेको बताएका छन्।
  • ट्रम्प अहिले स्कटल्यान्डमा छन् र युरोपेली संघसँग व्यापार सम्झौताका लागि छलफल गर्दैछन्।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको सम्भावित भेटघाटलाई अस्वीकार गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा यस्तो बताएका हुन् । 

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने प्रयास नगरिरहेको अनि यस सम्बन्धमा आइरहेका समाचारहरू पूर्णतया गलत भएको पोस्टमा उनले लेखेका छन् । 

ट्रम्प यतिबेला स्कटल्यान्डमा छन् । युरोपेली संघ (ईयू)सँग व्यापार सम्झौताका लागि उनी त्यहाँ पुगेका हुन । ‘म चीन जान्छु, तर यो तब मात्रै हुनेछ जब राष्ट्रपति सिले निम्तो आउनेछ, जुन लम्बिइरहेको छ । अन्यथा, मलाई कुनै रुचि छैन,’ पोस्टमा उनले लेखेका छन् ।

ट्रम्प र सीका सहयोगीहरूले दुई नेताबिच सम्भावित वार्ताबारे छलफल गरिरहेको खबर आएको थियो ।  ट्रम्प चीन गए भने उनको दोस्रो कार्यकालमा दुई नेताबिचको यो पहिलो भेटघाट हुनेछ । दुईबिच भेटको योजना अन्तिम चरणमा पुगेको छैन । तर दुवै पक्षले यसबारे छलफल भने गरिरहेको बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप