गाजामा साँच्चैको भोकमरी छ: ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको भोकमरीबारे इजरायलको दाबीलाई अस्वीकार गर्दै भोकमरी भएको बताए।
- ट्रम्पले गाजामा खाना पुर्याउन र खाद्य केन्द्र निर्माण गर्ने बताए, बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरे।
- गाजा युद्धका कारण बालबालिकाको मृत्यु बढिरहेको छ, विश्व स्वास्थ्य संगठनका अनुसार जुलाईमा ६३ जनाको मृत्यु भयो।
वासिङ्टन डीसी । इजरायल र हमासबिच जारी द्वन्द्वका कारण गाजाको अवस्था दिनप्रतिदिन डरलाग्दो हुँदै गइरहेको छ । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा भोकमरीबारे इजरायलको दाबीप्रति कडा प्रतिक्रिया दिएका छन् ।
‘गाजामा भोकमरी भन्ने कुनै चीज छैन, सबैले खाना पाइरहेका छन्’ भन्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको दाबीलाई उनले पूर्ण रूपमा अस्वीकार गरेका छन् । ट्रम्पले नेतान्याहूभन्दा फरक अडान लिँदै गाजाको अवस्था वास्तविक भोकमरीको भएको र कसैले यसलाई झूट भन्न नसक्ने बताएका छन् ।
अमेरिकाले अब आफैँले गाजामा खाना पुर्याउने व्यवस्था गर्नेछ र खाँचोमा परेका मानिसहरूका लागि खाद्य केन्द्रहरू निर्माण गर्ने पनि उनले बताए । ट्रम्पले सोमबार बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटमा यो बयान दिएका हुन् । अमेरिकासँथ धेरै खाद्यान्न भण्डार भएको भन्दै ट्रम्पले गाजामा भयानक भोकमरीको अवस्थालाई ध्यानमा राखेर आफूहरूले त्यहाँ खाना पुर्याउने बताएका थिए ।
‘गाजाका मानिसहरूले खाना पाउनुपर्छ, तर धेरै ठाउँमा लाइनहरू छन् र तिनीहरूलाई रोकिएको छ । चाहे त्यो हमास होस् वा अरू कोही । हामीले यी अवरोधहरू हटाउनु पर्छ ।’ अझ अगाडि उनले भनेका थिए ।
यस क्रममा ट्रम्पले गाजामा बालबालिकाको अवस्थाप्रति चिन्ता समेत व्यक्त गरेका थिए । उनले भने कि केही बालबालिकाको अवस्था हेर्दा यो वास्तविक भोकमरी हो भन्ने कुरा स्पष्ट हुने अनि यसलाई झूट भन्न नसकिने उनको भनाइ थियो ।
गाजा युद्धका कारण सिर्जना भएको भयानक अवस्थामा बालबालिकाको मृत्युको संख्या निरन्तर बढिरहेको छ । जुलाईमा अहिलेसम्म कुपोषणका कारण गाजामा ६३ जनाको मृत्यु भएको बताएको विश्व स्वास्थ्य सङ्गठनले बताएको थियो ।
यसरी मर्नेमा २४ ५ वर्ष मुनिका बालबालिका पनि छन् । गाजाको स्वास्थ्य मन्त्रालयले भने यो संख्या ८२ जना भनिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण