१४ जना नेपाली सांसद भारत भ्रमणमा
सारांश
- स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको संयोजनमा १४ जना प्रतिनिधिसभा सदस्य भारत भ्रमणमा गएका छन्।
- भ्रमणमा सांसदहरूले नयाँ दिल्ली र अहमदाबादका विभिन्न ठाउँको अवलोकन गर्नुका साथै उच्चस्तरीय भेटघाट गरेका छन्।
- नेपाली सांसदहरूले नेपाल-भारत सम्बन्ध, कृषि, व्यापार र सीमा नाकाको विषयमा छलफल गरेका छन्।
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासको सहयोग र स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको संयोजनमा १४ जना प्रतिनिधिसभा सदस्य भारत भ्रमणमा छन् । साउन १० गतेदेखि सुरु भएको भ्रमण २० गतेसम्म चल्नेछ ।
भ्रमणमा सांसदहरूले नयाँ दिल्ली र अहमदाबादको विभिन्न ठाउँको अवलोकन गर्नुको साथै विभिन्न उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।
भ्रमणका क्रममा नेपाली सांसदहरूले भारतीय कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्नुको साथै त्यहाँको प्रमुखसँग छलफल गरेका छन् । नेपाली सांसदहरूले नेपालको कृषि क्षेत्रमा सहयोग गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् ।
विवेकानन्द अन्तर्राष्ट्रिय अध्ययन केन्द्रमा पनि सांसदहरूले विभिन्न व्यक्तिहरूसँग नेपाल–भारतको सम्बन्धको बारेमा छलफल गरेका छन् । बर्दियालगायत विभिन्न स्थानहरूमा सीमा नाका खुला गर्न, नेपालगन्ज–दिल्ली सिधा हवाई उडान गर्न, सन् १९५० को सन्धि कार्यान्वयन गर्न, पानीको समस्या समाधान गर्न दुवै देशले संयुक्त रूपमा पहल गर्नुपर्ने धारणा नेपाली सांसदहरूले राखेको बताइएको छ ।
उनीहरूले भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा गएर नेताहरूसँग छलफल गरेका छन् । त्यहाँ उनीहरूले भाजपाका विदेश विभागका प्रमुख विजय चौथाइवाला लगायतका नेताहरूसँग छलफल गरेका छन् ।
उनीहरूले भारतका उद्योगपतिसँग पनि छलफल गरेका छन् । नेपाल भारतको व्यापारको विषयमा र निकासी पैठारीसँग गाँसिएका विभिन्न दृष्टिकोणले छलफल गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण