इरानको विषयलाई लिएर नेतान्याहु र पुटिनबिच संवाद
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग संवाद गरेका छन् । मङ्गलबर उनीहरुबिच इरानको विषयलाई लिएर संवाद भएको हो ।
यद्यपि, इरानको बारेमा दुई नेताहरूबिच के छलफल भयो भन्ने बारेमा कुनै पनि पक्षले कुनै जानकारी दिएका छैनन् ।जुनमा इजरायल र इरानबिच सैन्य द्वन्द्व भएको थियो । यस आक्रमणमा इरानका शीर्ष नेताहरू मारिएका थिए ।
यसपछि रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले जुन १९ मा रूसी समाचार एजेन्सी तासलाई इजरायल र इरानबिचको युद्धमा अमेरिकी हस्तक्षेपले “अर्को भयानक वृद्धि निम्त्याउनेछ“ भनेर बताएका थिए ।
रुसले इरानलाई आफ्नो प्रमुख सहयोगीको रूपमा हेर्छ । यस वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग रणनीतिक साझेदारीमा हस्ताक्षर गरे। सम्झौतामा दुवैले रक्षा सहयोग विकास गर्न चाहेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण