लुम्बिनी प्रदेशका खेलकुदमन्त्री पाण्डेद्वारा पदभार ग्रहण
मङ्गलबार, १३ साउन २०८२, १८ : १४
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पदभार ग्रहण गरेका छन् ।मङ्गलबार पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले लुम्बिनीको परिचय खेलकुदमार्फत पनि दिन सक्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले खेलकुदबाट नाम र दाम दुवै कमाउन सकिने वातावरण बनाउन सकिने गरी आफूले विशेष ध्यान दिने बताए ।लोकतान्त्रिक समाजवादी पार्टी, लुम्बिनी प्रदेश संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
पाण्डेले सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण