इजरायली दुई मन्त्रीलाई नेदरल्याण्डस प्रवेशमा प्रतिबन्ध
काठमाडौँ । गाजामा बिग्रँदै गएको अवस्थाबिच नेदरल्याण्डसले दुई दक्षिणपन्थी इजरायली मन्त्रीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो जानकारी नेदरल्याण्डसका विदेशमन्त्री क्यास्पर भेल्डक्याम्पले दिएका हुन् ।
सोमबार राति सांसदहरूलाई पठाइएको पत्रमा यी प्रतिबन्धका साथै अन्य केही उपायहरूको घोषणा गरिएको थियो ।
“गाजामा युद्ध बन्द हुनुपर्छ,“ भेल्डक्याम्पले पत्रमा लेखेका छन् । यो प्रतिबन्ध इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–ग्भिर र अर्थमन्त्री बेजालेल स्मोट्रिचमाथि लगाइएको छ । उनीहरू दुवै जना प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारमा महत्वपूर्ण सहयोगी हुन् ।
दुवै मन्त्रीहरू यहूदी बस्तीहरू निर्माण र गाजामा युद्ध जारी राख्ने पक्षमा छन्। दुवै जना त्यहाँ प्यालेस्टिनीहरूलाई ’स्वेच्छाले बसाइँ सरेर’ यहूदी बस्तीहरू स्थापना गर्न प्रोत्साहित गर्ने पक्षमा छन् ।
गत महिना बेलायत, अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड र नर्वेले पनि यी दुई मन्त्रीहरूमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण