राजेश अहिराजबाट पीडित युवतीको जाहेरी, ‘पैसा र पावर हुनेकै कानुन छ भन्दै अस्मिता लुटे’
काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा जवर्जस्ती करणी मुद्दा दर्ता गरेको छ । अहिराज साउन ४ मा पक्राउ परेका थिए ।
मङ्गलबार उनीविरुद्ध अभियोगपत्र दर्ता भएको हो । २३ वर्षीया युवतीले आफूलाई अहिराजले बानेश्वर स्थित डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार गरेको दाबी गरेकी छन् ।
एक्लै बसेको मौका छोपेर २०८१ जेठ ४ मा आएर अहिराजले आफूलाई बलात्कार गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । युवतीले प्रहरीमा दर्ता गराएको जाहेरीमा भनिएको छ,‘हल्ला गर्ने र चिच्याउने गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ भनेर घाँटी र मुख थिच्न थाल्नुभो ।’
नेपालमा पैसा र पावर हुने कै कानुन छ भन्दै धम्की दिँदै अस्मिता लुटेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । जाहेरीमा भनिएको छ, ‘त्यसदिन दिउँसो एक्लै बसेको बेलामा जरुरी कुरा गर्नुछ भनेर आएर ढोकाको चुकुल लगाउनुभो, मेरो मुख थुनेर मलाई बिस्तारामा पछार्नुभो ।’
अहिराजलाई पीडितले १७ वर्षको उमेरमा विराटनगरमा चिनेकी थिइन् । बलात्कार गरेपछि आफूलाई अहिराजले धम्की दिएको उनको भनाई छ । ‘बलात्कार गरेपछि तँ मधेसी परिवारको छोरी होस यो घटना कसैलाई भनिस भने तँलाई कसैले विवाह गर्दैन भन्नुभो’ पीडितले जाहेरीमा लेखेकी छन्, ‘त्यसपछि उजुरी नगर्न बारम्बार धम्की दिनुभो ।’
अहिराज २०७७ फागुनमा मधेस प्रदेशका प्रमुख भएका थिए । अहिराज र पीडितका परिवारसँग ‘पारिवारिक’ सम्बन्ध थियो । काठमाडौँ आउजाउ गर्दा उनी नयाँ बानेश्वर स्थित पीडित परिवारकहाँ बस्ने गर्थे ।
_KA7LxnmHDd.jpg)
_g358GZiAOT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण