अपडेट
त्रिशूली नदीको जलसतह ह्वात्तै बढ्यो, त्रिशूली–काठमाडौँ प्रसारण लाइनको स्टेशनमा समेत क्षति
बुधबार, १४ साउन २०८२, ०८ : १४
सारांश
- भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीको जलस्तर बढेको छ।
- बाढीले नुवाकोट जिल्लाको विभिन्न स्थानमा कटान गरेको छ, जसले गर्दा स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ।
- त्रिशूली-काठमाडौं प्रसारण लाइनको स्टेशनमा बाढीले क्षति पुर्याएको छ।
नुवाकोट । तिब्बत क्षेत्रमा परेको वर्षापछि रसुवास्थित भोटेकोसीमा ठुलो बाढी आएको छ । जसका कारण कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।
बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण