फोटोफिचर
संघीय ऐन संशोधनको माग गर्दै मेयर भट्टराईले सुरु गरे आमरण अनसन (तस्बिरहरू)
बुधबार, १४ साउन २०८२, ११ : ००
सारांश
- खोटाङको दिक्तेलका मेयर तीर्थराज भट्टराईले आजदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका छन्।
- उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न पाउनुपर्ने माग गर्दै अनसन सुरु गरेका हुन्।
- संघीय ऐन संशोधन गर्नुपर्ने र विभिन्न नारा लेखिएका प्लेकार्ड पनि उनले प्रदर्शन गरेका थिए।
काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । आज बिहानदेखि उनले अनिश्चितकालीन आमरण अनसन सुरु गरेका हुन् ।
मेयर भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौँमा सत्याग्रह सुरु गरेका थिए । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ ।
_uVf18294z0.jpg)
आइबार उनले माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर सत्याग्रह सुरु गरेका थिए । उनले ‘पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔँ,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौँ,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔँ,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका थिए ।
_2hHYHm1GBi.jpg)
_9wz2gw2krt.jpg)
_a8gxBosDHX.jpg)
_ljG1zkSexM.jpg)
_GcPdAiaTwr.jpg)
_FGspNJ7bmi.jpg)
_v0Lud7mRRm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण