न्यूयोर्कमा गोली हानेर ४ जनालाई मारेका शेन तामुराको सुसाइड नोटमा के थियो ?
सारांश
- न्यूयोर्क शहरको एक भवनमा गोलीकाण्ड भयो, जसमा शेन डेभोन तामुराले गोली चलाएका थिए।
- आक्रमणकारीले आफू सीटीई रोगबाट पीडित भएको र टेरी लङको जस्तै एन्टीफ्रिज पिएर आत्महत्या गर्ने कुरा सुसाइड नोटमा लेखेका थिए।
- तामुराले एनएफएल मुख्यालय रहेको भवनमा गोली चलाए, जसमा चार जनाको मृत्यु भयो र उनले पनि आत्महत्या गरे।
वासिङ्टन डीसी । सोमबार न्यूयोर्क सहरको म्यानह्याटनमा रहेको ३४५ पाक एभेन्यूको भवनमा मुख्यालयमा भएको गोलीकाण्डका अभियुक्तको पहिचान लास भेगासका निवासी २७ वर्षीय शेन डेभोन तामुराको रूपमा गरिएको छ ।
आक्रमणकारीले छोडेको एउटा सुसाइड नोट भेटिएको छ । यसमा उनले आफू क्रोनिक ट्राउमेटिक एन्सेफ्यालोप्याथी (सीटीई) नाम गरेको गम्भीर खालको मस्तिष्क रोगबाट पीडित भएको भनेका छन् । पत्रमा उनले आफ्नो मस्तिष्कको जाँच गराउन पनि अपिल गरेका थिए ।
‘टेरी लङ जस्तै फुटबल खेलेको कारणले मलाई सीटीई भयो । त्यसैले मैले एक ग्यालन एन्टिफ्रिज पिएँ । एनएफएलको विरुद्धमा कोही पनि जान सक्दैन, तिनीहरूले तपाईंलाई समाप्त गर्छन् । कृपया मेरो मस्तिष्कको जाँच गर्नुहोस् । मलाई माफ गर्नुहोस् । रिकलाई भन्नुहोस् कि मलाई माफ गरिदिनु’ सीएनएनका अनुसार, तामुराले आफ्नो सुसाइड नोटमा लेखेका छन् । तीन पृष्ठ लामो यो सुसाइट नोटलाई पछि अनुसन्धान अधिकारीहरूले फेला पारेका हुन् ।
को हुन् टेरी लङ ?
टेरी लङ पिट्सबर्ग स्टिलर्स टोलीका लागि खेल्ने पूर्व फुटबल खेलाडी थिए । उनलाई पनि सीटीई थियो । उनले २००५ मा एन्टीफ्रिज पिएर आत्महत्या गरेका थिए । सीटीई एउटा गम्भीर मस्तिष्क रोग हो जुन प्रायः फुटबल खेलाडीहरू वा बारम्बार टाउकोमा चोट लागेका व्यक्तिहरूमा पाइन्छ । तामुरा पनि एक प्रतिस्पर्धी फुटबल खेलाडी थिए ।
तामुराले सोमबार निशाना बनाएको भवन पाँचौँ तल्लामा नेशनल फुटबल लिग (एनएफएल)को मुख्यालय थियो । यस भवनमा ब्ल्याकस्टोन र केपीएमजीजस्ता प्रसिद्ध वित्तीय कम्पनीहरू पनि थिए । तामुरासँग लामो राइफल, बुलेटप्रुफ ज्याकेट थियो ।
भिडियो फुटेजमा उनी भवनमा प्रवेश गरेको देखिएको थियो । उनीसँग नेभाडामा हतियार राख्ने इजाजतपत्र पनि थियो । चार जनालाई गोली हानेर मारेपछि तामुराले भवनको ३३ औँ तलामा पुगेर आफ्नै छातिमा गोली हानेर आत्महत्या गरेका थिए । यो अमेरिकामा यो वर्ष भएको २५४ औँ सामूहिक गोलीकान्ड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण