व्यक्तिको खातामा सरकारले पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छ: पूर्वगभर्नर नेपाल
सारांश
- पूर्व गभर्नर चिरञ्जीवी नेपालले विकसित देशहरूमा अर्थतन्त्र चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाउने गरेको बताए।
- उनका अनुसार, अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्छ।
- नेपालले लचिलो मौद्रिक नीतिका कारण जोखिमहरू धेरै रहेको र ब्याजदर घट्दा पनि ऋण प्रवाह बढ्न नसकेको बताए।
काठमाडाैँ । पूर्वगभर्नर चिरञ्जीवी नेपालले विकसित देशहरूमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरेपनि नेपालमा कहिल्यै त्यस्तो नभएको बताएका छन् ।
नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषय अन्तरक्रियामा बोल्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताए । उनकाअनुसार विस्तारकारी वित्तीय र मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई गति दिनसक्छ ।
अहिले सरकारले लिएको वित्तीय नीति र मौद्रिक नीति लचक रहेको पूर्वगभर्नर नेपालले बताए । पूर्वगभर्नर नेपालकाअनुसार मौद्रिक नीतिले धेरै लचकता लिएको छ । यसले मुलुकको अर्थतन्त्रलाई चलाउने छ । यद्यपि लचिलो मौद्रिक नीतिकाका कारण जोखिमहरू पनि धेरै रहेको उनले बताए । पूर्वगभर्नर नेपालका अनुसार ब्याजदर घट्दा पनि ऋण प्रवाह बढ्न नसक्नु, धेरै पैसा बजारमा थुप्रिनु सकारात्मक नरहेको बताए ।
उनले विगतमा स्टीमुलस प्याकेज ल्याएर अर्थतन्त्र सुधार्नुपर्नेमा सरकारहरू चुकेको बताए । अहिले आएको विस्तारकारी मौद्रिक नीतिले पार्ने प्रभावका बारे केही दिनमै थाहा हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण