को हुन् संसदीय दलको नेतामा निर्वाचित इन्द्र बानियाँ ?
सारांश
- इन्द्रबहादुर बानियाँ बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका छन्।
- मुख्यमन्त्री बहादुर सिंह लामाले १४ मत प्राप्त गरे भने एक मत बदर भयो।
- बानियाँ यसअघि २०७४ मा राज्यमन्त्री र २०७० को निर्वाचनमा सांसद बनेका थिए।
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । उनी २२ जना सांसदको समर्थनसहित बुधबार दलको नेतामा निर्वाचित भएका हुन् ।
उनीसँग प्रतिस्पर्धामा रहेका प्रदेशमा मुख्यमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । कुल ३७ सांसद रहेको कांग्रेस बागमतीमा एक मत भने बदर भएको थियो । दलको नेतामा निर्वाचित भएका बानियाँ कांग्रेस बागमती प्रदेश सभापति समेत हुन् ।
बानियाँ २०४४ सालदेखि राजनीतिमा होमिएका थिए । नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए ।
२०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ५२ वर्षीय बानियाँले कम्युनिष्टहरुको लाल किल्ला भनेर चिनिने मकवानपुरमा कम्युनिष्टको किल्ला भत्काएर २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजयी भएदेखि निरन्तर सांसद रहेका छन् ।
उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । कांग्रेस नेता विमलेन्द्र निधि गृह मन्त्री हुँदा राज्यमन्त्री भएका थिए ।
२०७४ सालमा मकवानपुर सङ्घीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रूपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी पाएका थिए भने २०७९ को निर्वाचनमा पुनः सोही क्षेत्रबाट निर्वाचित भई संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थिए ।
२०७९ पुस १३ मा भएको उक्त प्रतिस्पर्धामा हालका मुख्यमन्त्री बहादुर सिंह लामासँग पराजित भएका थिए । सो समयमा उनी १६ सांसदको समर्थन रहेको थियो भने लामाको पक्षमा २१ सांसदको मत परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण