नेपाली भाषा, संस्कृति जोगाउन अग्रसर 'बाना'
काठमाडाैँ। बाल्टिमोर एशोसिएसन आफ नेप्लिज इन अमेरिका (बाना) ले यस वर्ष नेपालबाट गएर अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने नेपालीहरूबिच सद्भाव र एकता बढाउन विभिन्न सिर्जनशील कार्यक्रमहरू गर्ने भएको छ ।
बानाले नेपालका विभिन्न स्थानबाट फरक फरक पहिचान सहित अमेरिका पुगेका नेपालीहरूबिच आफ्नो भाषा, संस्कृति, परम्परागत पहिचानको संरक्षण गर्न र एक अर्कोबिच भाइचाराको सम्बन्ध बढाउन वर्ष २०२५ मा विभिन्न कार्यक्रम गर्ने क्यालेण्डर नै सार्वजनिक गरेको हो ।
अध्यक्ष जितेन्द्र गुरुङको कार्यसमिति गत अप्रिल ६ मा भएको निर्वाचनबाट चयन भएको थियो भने, मे २४ मा पदभार सम्हालेको थियो । उक्त समितिले पत्रकार सम्मेलन गरेर निर्वाचन भएयता गरेका कार्यक्रम र वर्ष २०२५ मा के कार्यक्रम गर्ने भन्ने तालिका सार्वजनिक गरेको हो ।
बाना महासचिव सालिन बस्नेतका अनुसार युवाहरूबिच एकता तथा सद्भाव बढाउन बाना कप फुटबल प्रतियोगिता आयोजना गर्ने, नेपाली सांस्कृतिक भेषभूषाको संरक्षक तथा महिला सशक्तिकरणका लागि तीज विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ ।
त्यसैगरि वार्षिक क्यालेण्डर अनुसार नेपाली खाना तथा परिकारहरूलाई परिचित गराउन सडक फुड फेस्टिभलको पनि तयारी गरिएको छ । त्यस्तै दसैँ विशेष कार्यक्रमका साथै नेपालबाट अमेरिकाको बाल्टिमोरमा गएर बसोबास गरेका नेपालीहरूका समस्याको समाधान, सहयोग तथा भाइचार बढाउने कार्यक्रमहरू तय गरिएका छन् ।
पत्रकार सम्मेलनमा अमेरिकामा भएका छोराछोरीका बाआमासँग बाना कार्यक्रम गरेर ज्येष्ठ व्यक्तिहरूबिच आपसी भेटघाट, कुराकानी तथा अन्तरक्रियाको अवसर प्रदान गरिएको पनि जानकारी गराइएको थियो । त्यसैगरी बाल्टिमोरमा बस्ने नेपालीहरूका लागि स्वास्थ्य शिविरका साथै विभिन्न कार्यक्रम निर्वाचन भएयता सम्पन्न भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
सो अवसरमा बानाका निवर्तमान अध्यक्ष सुबोध विलाश पन्तले पनि बाआमा कार्यक्रमको थालनी आफ्नो कार्यकालमा भएको जानकारी दिँदै उनीहरूलाई महिनाको एक दिन घर बाहिर आउँदा एकअर्कामा सुख दुःख बाँड्न सहज भएको बताएका थिए ।
नेपालबाट अमेरिका बसोबास गर्दा यहाँकै मातृ भाषा अंग्रेजीमा दक्खल भएपनि नेपाली भाषाको जर्गेना गर्नको लागि बालबालिकाहरूलाई नेपाली भाषा कक्षा एक वर्ष अघि पन्तकै कार्यकालदेखि नै सञ्चालन भएको थियो । सो कार्यक्रम आगामी वर्ष पनि सञ्चालन हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण