भारतमाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
ट्रुथ सोसलमा पोस्ट गरिएको एक विज्ञप्तिमा ट्रम्पले अगस्ट १ देखि अमेरिकाले भारतबाट आउने सामानहरूमा २५ प्रतिशत कर लगाउने बताएका हुन् ।
ट्रम्पले यसअघि धेरै देशहरूमा कर लगाउने घोषणा गरेका थिए तर वार्ताको लागि अनुमति दिन त्यसलाई स्थगित गरेका थिए । साथै, व्यापार सम्झौतामा वार्ताको लागि अन्तिम मिति अगस्ट १ तारिख तय गरिएको थियो ।
भारत र अमेरिकाबिच व्यापार सम्झौताको बारेमा वार्ता भइरहेको थियो तर यसको घोषणा अहिलेसम्म भएको थिएन। यसैबिच, समयसीमाभन्दा दुई दिन अगाडि, अमेरिकी राष्ट्रपतिले भारतमाथि कर लगाउने घोषणा गरेका हुन् ।
ट्रम्पले भारत र अमेरिका मित्र भएको बताएका छन् तर पछिल्ला केही वर्षदेखि दुई देशबिच धेरै कम व्यापार भइरहेको जिकिर गरे । भारतले धेरै उच्च शुल्क लगाएको र यो विश्वमै सबैभन्दा उच्च भएको उनको भनाई छ ।
ट्रुथ सोसलमा ट्रम्पले लेखे, ‘भारतमा कुनै पनि देशको तुलनामा सबैभन्दा कडा र अन्यायपूर्ण व्यापार प्रतिबन्धहरू छन्। साथै, यसले आफ्नो धेरै सैन्य उपकरणहरू रुसबाट किन्छ। सबै जना रूसले युक्रेनमा हत्या रोकोस् भन्ने चाहन्छन्, तर भारत चीनसँगै रुसबाट ऊर्जाको सबैभन्दा ठुलो खरिदकर्ता हो ।’
ट्रम्पले थप लेखे, ‘यी सबै कुराहरू राम्रो छैनन्। भारतले यी सबैको लागि जरिवाना सहित २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ जुन अगस्ट १ देखि सुरु हुनेछ ।’
ट्रम्पले दिएका थिए सङ्केत
अमेरिकी पारस्परिक करको समयसीमाभन्दा दुई दिन अगाडि मंगलबार राष्ट्रपति ट्रम्पले भारतले उच्च करको सामना गर्न सक्ने सङ्केत गरेका थिए ।
ट्रम्पले यसअघि ट्रम्पले भारतसँगको व्यापार सम्झौता अझै पूरा नभएको बताएका थिए। एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दा ट्रम्पले भारतसँगको व्यापार सम्झौताको बारेमा दिएका सङ्केतहरूले भारतको शुल्क घटाउने प्रयास अहिलेसम्म सफल नभएको सङ्केत गरेको देखिन्थ्यो ।
यसअघि ट्रम्पले अमेरिकासँग छुट्टाछुट्टै व्यापार सम्झौता नगर्ने देशहरूले १५ देखि २० प्रतिशतसम्मको भन्सार शुल्क भोग्नुपर्ने बताएका थिए ।
ट्यारिफ भनेको के हो ?
भन्सार भनेको अन्य देशहरूबाट खरिद गरिएका सामानहरूमा लगाइने कर हो। देशहरूले सामान्यतया केही क्षेत्रहरूलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउन भन्सार लगाउँछन् ।
१० प्रतिशत आधारभूत ट्यारिफको अर्थ १० डलरको उत्पादनमा १ डलर कर लाग्नेछ, जसले गर्दा आयातकर्ताको कुल लागत ११ डलर हुनेछ। अमेरिकामा विदेशी सामान ल्याउने कम्पनीहरूले यो कर सरकारलाई तिर्नुपर्छ ।
कम्पनीहरूले यो अतिरिक्त लागतको केही वा सबै ग्राहकहरूलाई हस्तान्तरण गर्न सक्छन्। यस बाहेक, उनीहरूले कम सामान आयात गर्ने निर्णय पनि गर्न सक्छन् ।
ट्रम्पले यदि कुनै देशले अमेरिकी सामानमा बढी आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि त्यो देशबाट आउने सामानमा बढी शुल्क लगाउने बताएका छन्।ट्रम्पले यसलाई ’पारस्परिक ट्यारिफ’ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण