'बहादुर हुन् या इन्द्र, एमालेलाई फरक पर्दैन’
सारांश
- एमालेले बागमती प्रदेश सरकारको विषयमा संस्थागत निर्णय लिने भएको छ।
- कांग्रेसबाट निर्वाचित व्यक्तिलाई एमालेले स्वीकार गर्ने निर्णय गरेको छ।
- एमालेले मन्त्रिपरिषद् विस्तारमा समर्थन नगर्ने र मुख्यमन्त्रीको एकलौटी निर्णयको विरोध गर्ने जनाएको छ।
हेटौँडा । बागमती प्रदेश सरकारको विषयमा नेकपा एमाले संस्थागत निर्णयबाट अघि बढ्ने भएको छ ।
कांग्रेस संसदीय दलको निर्वाचनबाट अनुमोदित भएका व्यक्तिलाई संस्थागत रुपमा एमालले स्वीकार गर्ने संसदीय दलले निर्णय गरेको छ । सोही निर्णयका आधारमा पार्टी सरकारको नेतृत्वको विषयमा अघि बढ्ने एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले बताए ।
उनका अनुसार एमाले व्यक्तिसँग सरोकार नराखी संस्थागत साझेदारीमा सरकारमा गएको हो । पार्टी शीर्ष नेतृत्वबाट पनि सोहीअनुसार निर्देशन प्राप्त भएकाले संस्थागत रूपमा अघि बढ्ने उनको भनाइ छ ।
‘एमाले संस्था मान्छ, संस्थागत निर्णय स्वीकार गर्छ यसमा व्यक्ति को रहन्छ भन्ने विषय गौण हुन्छ,’ उनले भने, ‘संसदीय दलको नेतामा इन्द्र हुन् वा बहादुर एमालेलाई फरक पर्दैन । संस्थागत निर्णय मान्दा संसदीय दलको नेतानै मुख्यमन्त्री हुने भएकाले एमाले सोहीअनुसारको साझेदारीमा अघि बढ्छ ।’
मन्त्रिपरिषद् विस्तारमा एमालेको समर्थन छैन
प्रमुख सचेतक पौडेलका अनुसार बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् विस्तारमा एमालेको समर्थन छैन । मुख्यमन्त्री बहादुर सिंह लामाले आफूअनुकूल निर्णय गरेर अघि बढ्न खोजेको उनले बताएका छन् । एमाले अहिलेको अवस्थामा मन्त्री थप्ने विषयमा सहमत नरहेको उनले प्रस्ट पारे ।
मुख्यमन्त्री लामाले बुधबार नै मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि एमाले संसदीय दलको नेताले नमान्दा अन्तिम समयमा रोकिएको उनको भनाइ छ ।
बिहीबार दिउँसो एक बजेका लागि तोकिएको समयमा मन्त्रीहरूको सपथग्रहण समेत सम्भव नरहेको उनले तर्क गरे । मुख्यमन्त्री लामाले एकलौटी ढङ्गबाट आफ्नो अधिकार प्रयोग गरेको खण्डमा मात्रै मन्त्रीहरूको सपथग्रहण हुने उनको दाबी छ । एमालेको समर्थनविना उक्त कार्य मुख्यमन्त्रीबाट हुन नसक्ने उनले ठोकुवा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण