भोटेकोशीमा आएकाे बाढीले सडक,पुल लगायतका संरचनामा क्षति
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार दिउँसो आएको बाढीका कारण सडक,पुल लगायतका संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षतिबारे जानकारी दिएको हो ।
गत असार २४ गतेको बाढीका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा सञ्चालनमा आएको स्याफ्रुवेशी– रसुवागढी सडकखण्ड आजको बाढीका कारण मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार र नेपाली सेनाको चेकपोष्ट नजिक गरी ८ वटा स्थानहरूमा करिब ५४० मि. क्षति पुग्न गई पुनः पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यस्तै स्याफ्रुबेशी– दोभान सडकखण्ड अन्तर्गत लाङटाङ जलविद्युत आयोजना प्लाण्ट नजिक बाढीका कारण बाटो कटान भई सडक मार्ग अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बाढीले गोसाईंकुण्ड गाउँपालिका २ टिमुरेस्थित भन्सार यार्डमा थप कटान गरेको र यार्डको दक्षिण तर्फ रहेको सानो घर र सँगै रहेको धर्मकांटा समेत बगाएको अधिकारीले बताए ।
गोसाइकुण्ड गाउँपालिका २ तातोपानीस्थित भोटेकोशी नदीमा अवस्थित रसुवागढी हाइड्रोपावर जाने पुल र कालिका गाउँपालिका १ र उत्तरगया गाउँपालिका १ जोड्ने त्रिशुली नदीमा अवस्थित पक्की पुलको दुवै तर्फको प्रोटेक्सन ग्याबिन/वाल बाढीका कारण भत्किएको छ भने दुवै पुल जोखिमको अवस्थामा रहेकाका छन् ।
गोसाइकुण्ड गाउँपालिका ५ रुङ्गा पुल नजिकै काठले बनेको जस्ताको छानो भएको चार वटा टहरा बाढीले बगाएको छ ।
क्षतिको विस्तृत विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण