बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतविरुद्धको अन्तिम टेस्टबाट बेन स्टोक्स बाहिर

बुधबार, १४ साउन २०८२, २१ : २४
बुधबार, १४ साउन २०८२

काठमाडाैँ । काँधको चोटका कारण इंग्ल्याण्डका कप्तान बेन स्टोक्स भारत विरुद्धको चालू शृङ्खलाको अन्तिम टेस्टबाट बाहिरिएका छन् । अब उनको स्थानमा ओली पोपले टोलीको कप्तानी गर्नेछन्।

शृङ्खलाको अन्तिम टेस्ट बिहीबारदेखि ओभलमा सुरु हुनेछ। यस टेस्टमा ज्याकोब बेथेलले स्टोक्सको स्थान लिनेछन्।यसबाहेक जोफ्रा आर्चर, ब्राइडन कार्से र लियाम डसन पनि अन्तिम टेस्टमा खेल्ने छैनन्। गस एटकिन्सन, जोस टङ्गु र जेमी ओभरटनले उनीहरूको स्थानमा लिनेछन्।

पाँच टेस्टको यो शृङ्खलामा आयोजक इंग्ल्याण्ड २–१ ले अगाडि छ। शृङ्खलाको चौथो टेस्ट ओल्ड ट्राफोर्डमा खेलिएको थियो जुन बराबरीमा सकिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप