गाजामा इजरायली आक्रमणबाट २४ घण्टामा १०४ जनाको मृत्यु, मृतकको सङ्ख्या ६० हजार बढी
बुधबार, १४ साउन २०८२, २२ : ३६
सारांश
- इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा गाजामा १ सय ४ जनाको ज्यान गएको छ।
- हमासको स्वास्थ्य मन्त्रालयका अनुसार जारी आक्रमणमा हालसम्म ६०,१३८ जनाको मृत्यु भएको छ।
- कुपोषणका कारण थप ७ जनाको मृत्यु भएको छ, जसले भोकमरीबाट मर्नेको संख्या १५४ पुर्याएको छ।
काठमाडौँ । गाजा इजरायल युद्धमा इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ४ जनाको ज्यान गएको छ ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गाजामा इसरायली आक्रमणमा कम्तीमा १ सय ४ जनाको मृत्यु भएको छ भने ३९९ जना घाइते भएका हुन्।
मन्त्रालयका अनुसार जारी आक्रमणमा अहिलेसम्म कूल ६०,१३८ जनाले ज्यान गुमाइसकेका छन् र झन्डै १ लाख ४६ हजार मानिस घाइते भएका छन्।
मन्त्रालयलेका अनुसार थुप्रै मृतकहरूको शव अझै भग्नावशेषमा दबिएका छन् र कैयौँ घाइतेहरू सडकमा उपचारविहीन अवस्थामा छन्, जहाँ एम्बुलेन्स र उद्धार टोली पुग्न सकेका छैनन्।
त्यस्तै, कुपोषणका कारण पछिल्लो समय थप ७ जनाको मृत्यु भएको छ। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ५४ पुगेको छ, जसमा ८९ जना बालबालिका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण