माफी माग्दै गायक अनिल सिंहले हटाए आत्महत्या सोचको भिडियो
बिहीबार, १५ साउन २०८२, ०९ : ३५
सारांश
- गायक अनिल सिंहले आत्महत्याको सोच आएको भिडियो हटाएका छन्।
- उनले दर्शक तथा श्रोतासँग माफी माग्दै उक्त भिडियो हटाएका हुन्।
- मानसिक तनाव, पीडा र निराशाको क्षणिक अभिव्यक्तिका कारण यस्तो अभिव्यक्ति दिएको उनले बताए।
काठमाडौँ । गायक अनिल सिंहले आफूमा आत्महत्याको सोच आएको भनेर दिएको भिडियो हटाएका छन् । उनले आफ्ना श्रोता तथा दर्शकसँग माफी माग्दै उक्त भिडियो हटाएका हुन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै केही दिनअघि दिएको ‘आत्महत्या गर्ने’ अभिव्यक्ति मानसिक तनाव, पीडा र निराशाको क्षणिक अभिव्यक्ति भएको स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘यो विवादका दौरान मैले अत्यन्तै भावुक अवस्थामा केही अभिव्यक्तिहरू गरेँ, जसमा आत्महत्या गर्नेसम्मको कुरा उठेको थियो । त्यो मेरो मानसिक तनाव, पीडा र निराशाको क्षणिक अभिव्यक्ति थियो । म यस्ता अभिव्यक्तिका लागि मेरो सम्पूर्ण दर्शक, श्रोता र शुभचिन्तकमाझ गहिरो माफी माग्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण