अपडेट
सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो
बिहीबार, १५ साउन २०८२, १० : ४५
सारांश
- बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ।
- छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि घटेर प्रति तोला २ हजार २७० रुपैयाँ पुगेको छ।
काठमाडौँ । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेर कारोबार भएको हो ।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण