उड्नासाथ दुर्घटनाग्रस्त भयो अष्ट्रेलियामा बनेको पहिलो रकेट
सारांश
- अष्ट्रेलियाले पहिलो पटक घरेलु स्तरमा निर्माण गरेको रकेट प्रक्षेपण गरेको थियो, तर केही सेकेन्डमै दुर्घटना भयो।
- एरिस नामक रकेट क्विन्सल्यान्डबाट प्रक्षेपण गरिएको थियो, जुन १४ सेकेन्डमै दुर्घटनाग्रस्त भयो।
- दुर्घटनामा कसैलाई चोटपटक लागेन, र कम्पनीले यसलाई सफलताको रूपमा व्याख्या गरेको छ।
क्विन्सल्यान्ड । अष्ट्रेलियाले पहिलोपटक घरेलु स्तरमा निर्माण गरिएको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको थियो। तर, उक्त रकेट उडेको केही सेकेन्डमै दुर्घटनामा परेको छ।
'एरिस' नामक उक्त रकेट बुधबार अष्ट्रेलियाकै भूमिबाट पृथ्वीको कक्षमा पुग्ने लक्ष्यसहित प्रक्षेपण गरिएको थियो। तर, उडेको १४ सेकेन्डमै दुर्घटनाग्रस्त भयो। उक्त रकेट गिलमोर स्पेस टेक्नोलोजिज नामक कम्पनीले निर्माण तथा प्रक्षेपण गरेको हो। यो रकेट अष्ट्रेलियामै डिजाइन, निर्माण र प्रक्षेपण गरिएको पहिलो रकेट हो।
रकेटको प्रक्षेपण क्विन्सल्यान्ड राज्यको उत्तरमा रहेको बोवेन नजिकको स्पेसपोर्टबाट गरिएको थियो। २३ मिटर लामो यो रकेट प्रक्षेपण टावरबाट सफलतापूर्वक छुटेर आकाशतिर उडेको थियो। आँखाबाट ओझेल पर्नुअघि केहीबेर हावामा स्थिर जस्तै देखिएको थियो।
सौभाग्यवश, दुर्घटनामा कसैलाई चोटपटक भने लागेको छैन। कम्पनीले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा रकेट प्रक्षेपणलाई सफलताको रूपमा व्याख्या गरिएको छ।
कम्पनीका अनुसार रकेटका चारवटा हाइब्रिड–प्रोपेल्ड इञ्जिनहरू सबै सक्रिय भएका थिए। पहिलो उडानमा इञ्जिन बल्न २३ सेकेन्ड लागेको र रकेट १४ सेकेन्डसम्म आकाशमा उडेको उल्लेख गरिएको छ।
कम्पनीले पहिलोपटक मे महिनामा रकेट प्रक्षेपण गर्ने योजना बनाएको थियो। त्यसपछि प्राविधिक समस्या र खराब मौसमका कारण प्रक्षेपणको मिति सारिँदै अन्ततः जुलाई ३० मा पुनः तालिका तय गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण