शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने नेपाल पुनर्बीमा कम्पनीको घोषणा
बिहीबार, १५ साउन २०८२, ११ : ३८
सारांश
- नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ।
- कम्पनीले नेपाल बिमा प्राधिकरणको निर्देशन अनुसार पुँजी वृद्धि गर्न लागेको हो।
- कम्पनीले माघभित्र २० अर्ब पुँजी पुर्याउनुपर्ने र २६ अर्ब पुर्याउने योजना बनाएको छ।
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल बिमा प्राधिकरणले पुँजी वृद्धि गर्न दिएको निर्देशन तथा तोकिएको समय सीमा भित्र पुँजी पुर्याउन सो बाटो अपनाउने निर्णय गरेको हो ।
प्राधिकरणले माघभित्र पुँजी पुर्याउने समय सीमा दिएको छ । सो अवधिभित्र पुनर्बिमा कम्पनीले २० अर्ब पुँजी पुर्याउनुपर्छ । तर, पुँजीलाई २६ अर्ब पुर्याउनुपर्ने व्यवस्थापनको सुझाव अनुसार सो बराबरको हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
यसका लागि आगामी साधारण सभामा विशेष प्रस्ताव पेस गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण