एनआरएनए विवादसम्बन्धी ६ वटा रिट र निवेदन हेर्न नमिल्नेमा
सारांश
- एनआरएनए महाधिवेशन विवादसम्बन्धी मुद्दा हेर्न नमिल्ने भएको छ, जसमा दुई पक्षबीचको रिट र परराष्ट्र मन्त्रालयको निवेदन समावेश छन्।
- सर्वोच्च अदालतले एनआरएनएको १०औँ महाधिवेशन अवैध ठहर गर्दै एकता महाधिवेशनका लागि समिति गठन गर्न आदेश दिएको थियो, जसले ११औँ महाधिवेशनलाई पनि निष्कृय बनायो।
- विवादका कारण बद्री केसी समूह र राजेन्द्र कुमार शर्मा समूहले एकअर्काविरुद्ध रिट दायर गरेका छन्, जसमा परराष्ट्र मन्त्रालयको पत्र र अदालतको आदेशलाई लिएर दाबी गरिएको छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन विवादका दुई पक्षले एकअर्काविरुद्ध दायर गरेको रिट र परराष्ट्र मन्त्रालयले महाधिवेशन सार्न महान्यायाधिवक्ताको कार्यालयमार्फत दायर गरेको निवेदन हेर्न नमिल्ने भएको छ ।
सर्वोच्चका न्यायाधीशहरु हरिप्रसाद फुयाँल, डा मनोजकुमार शर्मा, डा कुमार चुडालको पूर्ण इजलासमा तोकिएको ६ वटा मुद्दा हेर्न नमिल्नेमा परेको हो । यसअघि असार १९ को पूर्ण इजलासले सबै मिसिल साथै राख्ने आदेश दिएको थियो ।
एनआरएनएको १० औँ महाधिवेशन आधिकारिकता विवाद उत्पन्न भएको थियो । सर्वोच्च अदालतले २०८० चैत २१ मा १० औँ महाधिवेशन अवैध घोषणा गर्दै एकताको महाधिवेशन गर्न शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्न आदेश दिएको थियो । सो आदेशपछि पनि एनआरएनएको ११ औँ महाधिवेशन पनि स्वतः निष्कृय ठहर भएको थियो ।
सो आदेशपछि परराष्ट्र मन्त्रालयले तत्काल दीर्घकालीन काम नगर्न एनआरन सचिवालयलाई पत्र लेखेको थियो । सो पत्रपछि बद्री केसी समूह अदालत गएको थियो । सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ नआउँदै पत्र लेख्नु गलत भएको ठहर गर्दै पत्र कार्यान्वयन नगर्न आदेश दिएपछि केसी समूहले आफू वैधानिक भएको दाबी गर्दै आइरहेको छ ।
राजेन्द्र कुमार शर्माले आफू आधिकारिक दाबी गर्दै २०८१ भदौ २६ मा रिट दायर गरेको थियो । त्यसपछि केसी पक्षले साधरणसभा बोलाएपछि शर्मा समूहले एनआरएनएको अर्को समूहलाई कुनै पनि गतिविधि नगर्न,नगराउन माग गर्दै २०८१ कात्तिक ८ गते अर्को रिट दायर गरेका थिए । रिटमा एनआरएनको एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकाले त्यसअघि केसी समूहले साधारण सभा बोलाएकाले रोक्न माग गरिएको छ । यस्तै रिटमा न्यायाधीश सपना प्रधान मल्लसहितको इजलासले केसी समूहलाई वैधानिकता नदिएकाले कुनै गतिविधि नगर्न आदेश माग गरिएको छ ।
अदालतमा मुद्दा विचाराधीन भएकाले केसी समूहले केही गर्न नपाउने रिटमा दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण